समाचार

नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव


erastriya आइतबार, मंसिर २३, २०८१

 

गण्डकी, २३ मङ्सिरः लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ ।

त्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गर्न लागिएको बताउनुभयो । संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन र पुस्तान्तरण गर्न लेखनाथ क्षेत्रमा पहिलो पटक यो उत्सव गर्न लागिएको जानकारी दिनुभयो । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकार उपलब्ध गराइने उहाँले बताउनुभयो ।

 

लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृति हाम्रो सभ्यताका पहिचान भएका बताउँदै यिनीहरूको प्रवर्द्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । यःमरी पुन्हीका अवसरमा खाइने यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेकाले यसको पुस्तान्तरण हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

 

गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीनकालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समुदाय बस्दै आएका बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय सङ्गठित बनेको जानकारी दिनुभयो । लेखनाथ क्षेत्रमा मात्रै करिब दुई सय ४५ घरधुरी नेवार समुदायको रहेको उहाँले बताउनुभयो ।

 

लेखनाथ नेवा मिस पुचका अध्यक्ष मीना श्रेष्ठ, गणेश नेवा खलका अध्यक्ष जयराम श्रेष्ठ, शिशुुवा नेवा खलका अध्यक्ष अर्जुन ताम्राकार, भीमसेन नेवा खलका अध्यक्ष लीलाबहादुर श्रेष्ठलगायत वक्ताले लेखनाथमा पहिलो पटक गर्न लागिएको यो उत्सवले नेवाः संस्कृतिको पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा