समाचार

स्वच्छ खानेपानी र सरसफाई स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको आधारः मन्त्री यादव


erastriya आइतबार, मंसिर २३, २०८१

 

काठमाडौँ, २३ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित पानी आपूर्ती र सरसफाइ नागरिकको स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतीको आधार भएको बताउनुभएको छ ।

आज राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घको छैटौँ साधारणसभामा उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा खानेपानी र सरसफाई क्षेत्रले देशमा निकै ठूलो महत्व राख्नुका साथै आर्थिक उन्नतिको जग निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सामाजिक–आर्थिक विकासमा खानेपानी र सरसफाई क्षेत्रको महत्व हामी सबैलाई अवगत छ । सुरक्षित पानी आपूर्ति र सरसफाईले नागरिकको स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको जग निर्माण गर्दछ ।” मन्त्री यादवले लाखौँ नागरिकलाई गुणस्तरीय खानेपानी सेवा र सरसफाई सुविधा उपलब्ध गराउन महासङ्घले खेलेको भूमिकाले देशभर एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महासङ्घले छोटो समयमा पु¥याएको योगदान सह्रानीय छ । लाखौँ नागरिकलाई गुणस्तरीय खानेपानी सेवा र सरसफाई सुविधा उपलब्ध गराउन महासङ्घले खेलेको भूमिकाले देशभर एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।”

ठूला नदीलाई पानीको स्रोत बनाउँदै थोक वितरण प्रणाली, खानेपानीको मुहानको दीर्घकालीन संरक्षण र चुरे क्षेत्रमा पानी रिचार्ज गर्ने योजना तर्जुमा गर्न आवश्यक भएकाले यसमा इसिमोडजस्ता प्राज्ञिक संस्थाका अध्ययन र सुझावहरु हाम्रो कार्ययोजनाको महत्वपूर्ण आधार बन्न सक्ने मन्त्री यादवको भनाइ छ । “पम्पिङ प्रणालीको बढ्दो लागतलाई सम्बोधन गर्न विद्युत् महसुल छुटको कार्यविधि तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । खानेपानी तथा सरसफाई ऐन, २०७९ ले खानेपानी मन्त्रालयको अधिकारलाई स्पष्ट रुपमा परिभाषित गरेकाले यसको कार्यान्वयनले नागरिकको जीवनस्तरमा सुधार ल्याउन उल्लेखनीय भूमिका खेल्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय र महासङ्घबीचको निरन्तर संवाद र सहकार्यले खानेपानी र सरसफाई क्षेत्रमा नयाँ योजना लागू गर्न थप गति दिनेछ । आजको यो सभा र अधिवेशनले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सशक्त योगदान पुयाउनेछ भन्नेमा म विश्वस्त छु ।” साना सहरी समुदायमा खानेपानी सेवा पु¥याउन सहलगानी मोडेल प्रभावकारी भएपनि जनताको योगदानमा देखिएको चुनौतीलाई दृष्टिगत गर्दै सहलगानीको प्रतिशत घटाएर १५ प्रतिशतसम्म सीमित गर्ने नीतिगत सुधारको काम गरिरहेको उहाँको भनाइ छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले आम नागरिकलाई स्वच्छ खानेपानी प्रदान गर्ने कार्यमा उपभोक्ता समितिले खेलेको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा