समाचार

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै


erastriya बिहीबार, मंसिर २७, २०८१

 

काठमाडौँ, २७ काठमाडौँः आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस ‘नागरिकको स्वास्थ्यः राज्यको दायित्व’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज डे) दिवस मनाइन्छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य भन्नाले सबै व्यक्तिले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्नु हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै यो दिवस सबैका लागि स्वास्थ्यमा लगानी गर्न र विशेष गरी कमजोर आर्थिक अवस्था भएकालाई स्वास्थ्य खर्चका कारण गरिबीमा पर्नबाट बचाउन पैरवी गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको जनाएको छ । स्वास्थ्यमा सर्वव्यापी पहुँचले प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने विषयलाई समेट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ दिगो विकास एजेण्डा सन् २०३० ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल प्रतिबद्धता अनुरूप रहेको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अझै पनि चार दशमलव पाँच अर्ब मानिसले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका र दुई अर्ब मानिस स्वास्थ्य उपचारका कारण हुने खर्चले गर्दा आर्थिक कठिनाइको सामना गरिरहेको बताउँछ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो दिवसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइ हुनबाट जोगाउन विश्वभरका सरकारलाई विभिन्न कदम चाल्न दिवसमार्फत आह्वान गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्यमा सर्वव्यापी पहुँच र वित्तीय सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने, स्वास्थ्यमा हुने खर्चका कारण गरिबीमा पर्नबाट जोगाउने कानुन निर्माण र कार्यान्वयन गर्ने, आवश्यक स्वास्थ्य सेवाको किफायती व्यवस्थाका लागि पर्याप्त बजेट छुट्याउनेलगायत विशेष गरी कम आय भएका वा दीर्घकालीन रोग भएका व्यक्तिका लागि सेवा शुल्क घटाउने वा हटाउने भन्ने विषयमा पैरवी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसका लागि सरकारले आधारभूत स्वास्थ्य केन्द्र तथा अस्पतालको भवन निर्माण, सेवा विस्तार, औषधि एवं उपकरणको उपलब्धता तथा सेवा विस्तार, सुरक्षित प्रसूति प्रोत्साहन योजना, सामाजिक स्वास्थ्य बिमा, विद्यालय स्वास्थ्य नर्स कार्यक्रमलगायत नागरिक आरोग्य कार्यक्रम गर्दै आएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । सन् २०२१ मा नेपालको स्वास्थ्यमा सर्वव्यापी पहुँचअन्तर्गतको सेवा पहुँच सूचकाङ्क (दिगो विकास लक्ष्य) ५४ प्रतिशत रहेको छ । उक्त तथ्याङ्कले विगतका वर्षयता क्रमिक सुधार हुँदै गएको देखाउँछ । कूल स्वास्थ्य खर्चमा (सन् २०२०) गोजीबाट भएको खर्च प्रतिशत ५४ दशमलव एक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा