मनोरञ्जन

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न


erastriya आइतबार, मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिरः प्रारम्भ फाउण्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागितामा शो सम्पन्न भएको हो । 

 विभिन्न १० वटा ‘सिक्वेन्स’मा सम्पन्न फेसन शोमा आठजना डिजाइनरले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए । 

 प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ । चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।”

 फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए । अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरुना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल–२०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, ‘¥यापर’ साकारलगायत कलाकारले प्रस्तुति दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…