राजनीति

‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’


erastriya सोमबार, पुस ०१, २०८१

 

 

म्याग्दी (बेनी), १ पुस : नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दावी गर्नुभएको छ । नेकपा (माओवादी केन्द) म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

 

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उहाँको भनाइ छ । “मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठीक पनि भन्ने गरेका छन्, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुुन जरुरी छ”, नेता पुनले भन्नुभयो ।

 

संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने पद्दति आवश्यकता रहेको बताउँदै नेता पुनले समानुपातिक, समावेशीता र सामाजिक न्यायलाई प्रभावकारी बनाएर पछाडि परेका वर्ग, समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा