समाचार

पातिचौर–बाजुङ–लेसपार–नागी सडकको स्तरोन्नति सुरु


erastriya मंगलबार, पुस ०२, २०८१

 

पर्वत, २ पुसः मार्ग खुलेको झण्डै दुई दशकपछि पातिचौर–बाजुङ–क्याङ–लेसपार–नागी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

 

एसियाली विकास बैङ्क (एडिबी)को सहयोगमा आरसिआइपी परियोजना पोखरामार्फत सडकको स्तरोन्नति थालिएको हो । करिब २८ किलोमिटर लामो यो सडक झन्डै रु ५४ करोड ९० लाख ४२ हजार नौ सय ७० को लागतमा स्तरोन्नति थालिएको हो । यो अहिले जिल्लामा सञ्चालित सडक आयोजनामध्ये सबैभन्दा ठूलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।

 

मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नति नहुँदो मोदीका वडा नंं ५ र ४ का बासिन्दा कष्टकर रुपमा यात्रा गर्न बाध्य भएका थिए । स्तरोन्नतिअन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबिन जाली, टेवा पर्खाल निर्माणलगायत काम भइरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

 

चौबिस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बाँनिया निर्माण सेवा प्रालि हेटौँडाले निर्माणको जिम्मा पाएको छ । अहिले स्तरोन्नतिका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यवसायीले जानकारी दिएका छन् ।

 

दुई वर्षमा कालोपत्रसहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्नेछ । यसले पर्यटकीय र अन्य रणनीतिक महत्व बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँदै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिललगायत क्षेत्रमा जाने पर्यटकलाई पनि सडकले राहत मिल्ने अपेक्षा गरिएको छ ।

 

योसँगै मोदी गाउँपालिकामै अर्को सडक कालोपत्रको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत करिब रु ४२ करोडको लागतमा निर्माणाधीन रतिखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि दु्रतगतिमा भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । करिब १२ किलोमिटर लामो यो सडक दुई वर्षभित्रमा कालोपत्रसहित सम्पन्न हुनेछ ।

 

दुवै सडकको सङ्घीय सांसद तथा पूर्वमन्त्री पदम गिरीले अनुगमन गर्नुभएको छ । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गर्नुभएको छ । उहाँले तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा