समाचार

इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो


erastriya मंगलबार, पुस ०२, २०८१

जेरुसेलम, २ पुस, (रासस/सिन्ह्वा) :

इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित उक्त पावर प्लान्टको क्षमता १०० किलोवाट रहेको छ । यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावरद्वारा विकसित गरिएको थियो ।

यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ । स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ । परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ । राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ ।

मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा