समाचार

‘विश्वविद्यालयको पाठ्यक्रम सङ्घीयताको ढाँचा अनुसार लैजानुपर्छ’


erastriya मंगलबार, पुस ०२, २०८१

 

वीरगञ्ज (पर्सा), २ पुस : मुलुक सङ्घीयतामा गएसँगै विश्वविद्यालयका पाठ्यक्रमलाई पनि सङ्घीयताको ढाँचा अनुसार लैजानुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

 

‘मधेश विश्वविद्यालय सङ्घीयता अध्ययन केन्द्र वीरगञ्ज’ले आज यहाँ आयोजना गरेको सङ्घीयता विषयमा अध्ययन, अध्यापन र अनुसन्धान सम्बन्धित छलफल तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले विश्वविद्यालयको पाठ्यक्रमलाई पनि सङ्घीयता अनुसार लैजानुपर्ने बताए । राष्ट्रियसभाका पूर्व सांसद खिमलाल देवकोटाले विश्वविद्यालयमा सङ्घीयता सम्बन्धि पठनपाठकका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

 

“सङ्घीयताको कार्यान्वयन गर्न विश्वविद्यालयको भूमिका अहम हुनेगर्छ,” उहाँले भन्नुभयो, “मुलुक सङ्घीयतामा गएसँगै शिक्षा क्षेत्रलाई पनि सोही ढाँचाअनुरुप अघि बढाएमा मात्रै सङ्घीयताले मूर्तरुप पाउन सक्छ ।”

 

सङ्घीयता विज्ञ देवकोटाले विश्वविद्यालयमा सङ्घीयता सम्बन्धि अध्ययन–अध्यापन गराउन सके व्यवहारिक रुपमा कार्यान्वयन गर्न पनि सहज हुने बताउनुभयो । “हामी सङ्घीयताको कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ,” उहाँले भन्नुभयो, “सङ्घीयतालाई जनमानसमा पु¥याउन विश्वविद्यालयको भूमिका गहन हुनेगर्छ ।”

 

मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले मधेश विश्वविद्यालयमा सङ्घीयता अध्ययन केन्द्र स्थापनाका लागि आवश्यक पहलकदमी गरिरहेको जानकारी दिनुभयो । “मधेश विश्वविद्यालय स्थापना गरेर सङ्घीयताको केही हदसम्म कार्यान्वयन गर्न मद्दत पुगिरहेको छ,” उहाँले भन्नुभयो, “अब सङ्घीयता अध्ययन केन्द्रमार्फत सङ्घीयतासम्बन्धित पठनपाठनलाई पनि अघि बढाउने जमर्काे गरिरहेका छौँ ।” उपकुलपति शाक्यले मधेश विश्वविद्यालयको क्षेत्राधिकार र पहुँच वृद्धि गर्नेतर्फ प्रयास भइरहेको बताउनुभयो ।

 

अहिले मधेश विश्वविद्यालयमा बिए एलएलबी र बिपीएको पठनपाठन हुँदै आएको छ । हाल विश्वविद्यालयमा करिब दुई सय ५० विद्यार्थी अध्ययनरत् छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मुलुकले अगिङ्कार गरेको सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउनु सबैको भूमिका रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा