समाचार

पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो


erastriya मंगलबार, पुस ०२, २०८१

 

नेपालगञ्ज, २ पुसः बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पु-याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पु-याएको थियो ।

 

दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र कुम्हारले रु दुई लाख खर्च गरेर पुनः आलु रोपेको बताउनुभयो । पहिले आलु रोप्दा उहाँले रु तीन लाख बढी खर्च गर्नुभएको थियो ।

 

“दोस्रो पटक आलुको बीउ किनेर रोपियो तर मल हाल्नु परेन”, उहाँले भन्नुभयो । नरेन्द्रले १७ कठ्ठा जग्गामा आलु खेती गर्नुभएको छ । “पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पा-यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौंँ” उहाँले भन्नुभयो । स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताउनुभयो ।

 

हिरमिनिया आलुको पकेट क्षेत्र मान्निछ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी पानीले आलु बारी डुवान भएको थियो । तीन दिनसम्म डुवानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो । जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिएपनि अधिकांशको उम्रिएन । आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन् ।

 

हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य हुनुहुन्छ । उहाँले ड््याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताउनुभयो । नउम्रिएको ठाउँमा फेरि रोप्नुभएको छ । स्थानीय रमेश मौर्यले दोस्रो पटक पाँच हजार क्वीन्टलका दरले बीउ किनेर आलु रोपेको बताउनुभयो ।

 

डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताउनुभयो । उहाँका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा