मनोरञ्जन

राती प्रेमीलाई भेट्नका लागि पुरा गाउँको बिजुली बन्द गरिदिने प्रेमिका


erastriya बिहीबार, साउन ११, २०८०

 


सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खबर आयो । केही युवा यसको जरामा पुग्न चाहे । लोडसेडिङ भएपछि के भएको रहेछ भनेर अनुसन्धान गर्न थाले ।  तर केही दिनको अनुसन्धानपछि युवकले सधैँ बत्ती जानुको चुरो कुरा पत्ता लगाए ।

खासमा गाउँकी एक युवतीले राती आफ्ना प्रेमीलाई भेट्नका लागि बिजुली बन्द गर्ने रहिछिन् । यसबारे पत्ता लगाएपछि ती युवकहरूले उनीहरूलाई रंगेहात समात्ने निर्णय गरे ।

घटना बिहारको बेतिया गाउँको हो । प्रीति कुमारी नामकी एक युवतीले आफ्ना प्रेमीलाई भेट्नका लागि पुरा गाउँको बिजुली आपूर्ति बन्द गरिदिन्थिन् । छिमेकी गाउँका युवक राजकुमारसँग प्रीतिको माया बसेको थियो । आफ्नो सम्बन्धलाई गोप्य राख्न प्रीतिले यस्तो तरिका अपनाएकी थिइन् । 

‘प्रीतिले प्रत्येक दिन बिजुली आपूर्ति बन्द गरिदिन्थिन् जसका कारण गाउँमा चोरको बिगबिगी बढेको थियो । हामीलाई ती युवतीले साह्रै दुःख दिइन्,’ एक छिमेकीले इन्डिया टुडेलाई भने ।

यी दुईको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा प्रीतिले आफ्ना प्रेमीलाई स्थानीयबाट जोगाइरहेको देख्न सकिन्छ । आक्रोशित स्थानीयले राजकुमारलाई कुट्ने धम्की दिइरहेका थिए । कोहीले राजकुमारलाई लट्ठीले एक दुई पटक हानेकोसमेत देख्न सकिन्छ । ती व्यक्ति त्यहाँबाट कसैगरी भागे र बदला लिन गाउँका केटाहरूलाई उठाएर ल्याए ।

अन्ततः घटनालाई साम्य पार्न दुई गाउँका स्थानीय बसेर यी जोडीको विवाह गर्ने मिति तोकियो । यी दुईले अब छिट्टै नै एक स्थानीय मन्दिरमा विवाह गर्दै छन् ।

प्रीतिले आफ्नो सम्बन्धलाई गोप्य राख्ने तरिका सायद भारतकै एक इलेक्ट्रिसियनबाट सिकेकी हुन् । भारतमा एक इलेक्ट्रिसियनले आफ्नी प्रेमिकालाई गोप्य तरिकाले भेट्न पूरै गाउँको बिजुली आपूर्ति बन्द गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

माघ २७, २०८१

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

माघ १४, २०८१

‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

माघ ११, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस