समाचार

देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्ने


erastriya बिहीबार, पुस ०४, २०८१

 

विराटनगर, ४ पुसः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा राष्ट्रिय समाचार समिति(रासस)ले आफ्ना स्थानीय समाचारदाताको क्षमता अभिवृद्धि गर्न यहाँ आयोजना गरेको तालिमको आज समापन गर्दै उहाँले राज्यबाट भएका विकास–निर्माणका गतिविधिका साथै सेवा प्रवाहका बारेमा सकारात्मक सूचनालाई पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 

तथ्यहीन समाचारले आमनागरिकमा निराशा पैदा गरेकाले त्यसलाई चिर्नु सञ्चारकर्मीहरुको दायित्व हो भन्दै मन्त्री भण्डारीले देश र जनताका पक्षमा पत्रकारले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताउनुभयो ।

 

“सङ्घीयता कार्यान्वयनमा आएपछि भएका विकास र परिवर्तनका विषयलाई सही ढङ्गले जनसमक्ष प्रस्तुत नहुँदा नागरिक निराश हुँदै गएका छन् । यहाँ आशावादी कुराभन्दा निराशावादी कुरा गर्दै हिँड्नेहरु धेरै छन् जसले गर्दा समाजमा भ्रम फैलिएको छ, यसलाई चिर्नु पत्रकारको दायित्व हो । पत्रकारले राजनीतिकर्मीलाई रचनात्मक आलोचनाका माध्यमबाट खबरदारी गर्नुपर्छ, सङ्घीयता सेतोहात्ती होइन भन्ने कुरा प्रष्ट पार्दिनुस् ।” मन्त्री भण्डारीले भन्नुभयो ।

 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीयता कार्यान्वयनमा आएपछि गति लिएका विकास–निर्माणका कार्यलाई केन्द्रमा राखेर कलम चलाउन समाचारदाताहरुलाई निर्देशन दिनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि सञ्चालनमा आएका विकास–निर्माणका विशाल परियोजनाहरुले गति लिए पनि जनता लाभान्वित हुने ती आयोजनाबारे सञ्चारकर्मीले पर्याप्त मात्रामा समाचार एवं विश्लेषण नलेखेका बताउनुभयो ।

 

विकास पत्रकारिताका माध्यमबाट नागरिकमा व्याप्त निराशालाई आशामा परिणत गर्न सकिने भएकाले त्यसबाट सञ्चारकर्मी चुक्न नहुनेमा कार्यकारी अध्यक्ष झाले जोड दिनुभयो ।

 

राससका महाप्रबन्धक सिद्धराज राईले सहभागी पत्रकारलाई विकास पत्रकारिता गर्न सुझाव दिनुभयो । पत्रकारप्रति नागरिकको विश्वास बढी हुने भएकाले जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नुभयो ।

 

रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले प्रशिक्षणमा सिकेका सीप व्यवहारमा उतार्नुपर्ने बताउनुभयो 

मुख्यमन्त्री हिक्कमतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सङ्घीयतालाई सबल बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशीला पाठकले पत्रकारले पठन संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

 

प्रशिक्षार्थीका तर्फबाट रासस इलाम संवाददाता राम योङ्हाङले तालिममा सिकेका सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का प्रशिक्षार्थी मोरङ संवाददाता गोपाल काफ्लेले तालिमबाट समाचार पहिल्याउने ज्ञान बढेको बताउनुभयो ।

 

रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले व्यावसायिक रुपमा समाचार सम्प्रेषण गर्न तालिम उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो तालिममा कोशी प्रदेशका सबै जल्लाका रासस संवाददाताहरुको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा