समाचार

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण


erastriya शुक्रबार, पुस ०५, २०८१

 

काठमाडौँ, ५ पुस : सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । “सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ”, अधिकृत खड्काले भन्नुभयो ।

 

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन ।

 

“स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ”, अधिकृत खड्काले भन्नुभयो । उहाँकाँ अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ । विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गर्नुभएको थियो । त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्
निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

१२ घण्टा अघि

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

१२ घण्टा अघि

काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बित
काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बित

१३ घण्टा अघि

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

१३ घण्टा अघि

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार

    आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार

  • निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

    निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, …

  • क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बित

    काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पा…

  • रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

    रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

  • पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरका…

  • उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

    उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…