समाचार

बागमती प्रदेशमा धान उत्पादन घट्यो


erastriya आइतबार, पुस ०७, २०८१

बागमती, ७ पुसः बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो ।

अघिल्लो आव २०८०/८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो । कुँवरका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढे पनि अन्य जिल्लामा घटेको हो ।

बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २३ हजार सात सय हेक्टरमा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिक टनका दरले ९८ हजार तीन सय ५५ मेट्रिक टन धान उत्पादन भएको छ । नुवाकोटमा ११ हजार छ सय १५ हेक्टरमा प्रतिहेक्टर चार दशमलव १७ प्रतिशतका दरले ४८ हजार तीन सय ९० मेट्रिक टन, धादिङमा ११ हजार तीन सय १२ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ८९ प्रतिशतका दरले ४४ हजार चार मेट्रिक टन उत्पादन भएको छ ।

 

काठमाडौँमा यस वर्ष चार हजार नौ सय २४ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ७१ प्रतिशतका दरले २३ हजार एक सय ९२ मेट्रिक टन, ललितपुरमा चार हजार एक सय ७८ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ५३ प्रतिशतका दरले १८ हजार नौ सय २६ मेट्रिक टन र भक्तपुरमा तीन हजार पाँच सय ९९ हेक्टरमा प्रतिहेक्टर पाँच दशमलव ५१ प्रतिशतका दरले १९ हजार आठ सय २३ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यस वर्ष धान कम उत्पादन भएको छ । मकवानपुरमा सात हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव नौ प्रतिशतका दरले २७ हजार तीन सय ६६ मेट्रिक टन, काभ्रेमा आठ हजार १९ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ९१ प्रतिशतका दरले ३१ हजार तीन सय ५४ मेट्रिक टन, रामेछापमा सात हजार आठ सय ८० हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार नौ सय हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिक टन धान उत्पादन भएको हो ।

 

दोलखामा दुई हजार आठ सय ७२ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५० प्रतिशतका दरले सात हजार ६८ मेट्रिक टन र रसुवामा एक हजार ९९ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव २३ प्रतिशतका दरले दुई हजार चार सय ५१ मेट्रिक टन धान उत्पादन भएको कृषि विज्ञ कुँवरले जानकारी दिनुभयो ।

बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको पाँच हजार छ सय मेट्रिक टन धानबालीमा क्षति पुगेको जनाइएको छ । समयमा वर्षा र रोग कीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोले क्षति पुर्याएपछि उत्पादनमा घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बिक्री गर्न टेन्डर
३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बिक्री गर्न टेन्डर

बैशाख ३०, २०८२

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

बैशाख ३०, २०८२

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

बैशाख ०९, २०८२

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

ताजा अपडेट

  • ३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बिक्री गर्न टेन्डर

    ३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बि…

  • पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग

    पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग

  • कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

    कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

  • आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको ख…

  • देउवा र ओलीको स्वार्थ ले राष्ट्र बैंक नेतृत्वविहीन, अर्थतन्त्र थप अनिश्चिततामा

    देउवा र ओलीको स्वार्थ ले राष्ट्र बैंक नेतृत्वविहीन, अर्…

  • माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर फिदिम मा, ओर्लियो जनलहर

    माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर …

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…