शिक्षा

नतिजाका आधारमा विद्यालयलाई अनुदान


erastriya मंगलबार, पुस ०९, २०८१

 

भजनी (कैलाली), ९ पुसः जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो ।

 

नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ । आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो । जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । जसले रु चार लाख अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले रु दुई लाख ५० हजार प्राप्त गरेको छभने तेस्रो अरुणोदय मावि खैरीफाँटाले रु एक लाख ५० हजार प्राप्त गरेको छ ।

 

आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले रु तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले रु दुई लाख प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।

 

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताउनुभएको छ । “पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो । आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्”, अध्यक्ष चौधरीले भन्नुभयो, “यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।”

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सवल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताउनुभयो । “यो कार्यविधिले विद्यालय तथा शिक्षकहरूलाई चुनौती पनि थपेको छ । साथै विद्यालयलाई नतिजा सुधारमा प्रतिस्पर्धी पनि बनाउने छ”, उहाँले भन्नुभयो, “यसले आगामी दिनमा गाउँपालिकाले चाहेको शैक्षिक गुणस्तर कायम गर्नमा मद्दत पुग्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

असार ३१, २०८२

शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं
शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

असार ३०, २०८२

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

असार १६, २०८२

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…