समाचार

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँ : गृहमन्त्री लेखक


erastriya शुक्रबार, पुस १२, २०८१

 

काठमाडौँ, १२ पुस : गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताउनुभएको छ । 
गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भन्नुभयो, “जसले संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनै पर्छ । तर नागरिकता प्राप्त गर्न नहुने व्यक्तिले नागरिकता पाउने अवस्था बन्नुहुँदैन । यी दुईवटा कुरामा स्पष्ट छौँ ।”

 

 

नागरिकता निकै संवेदनशील विषय भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताउनुभयो । “प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहँुदैन । सम्मानित सर्वोच्च अदालतबाट पटक पटक फैसला भएका छन्,” उहाँले भन्नुभयो, “पटक÷पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न सरकार अगाडि बढेको छ ।”

 

समितिले झन्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो ।

 

“हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौं । कहाँ के समस्या औँल्याउनु भएको छ ? समाधानका उपाय के देखाउनु भएको छ । यसको के निष्कर्ष उहाँहरुले दिनुभएको छ ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौं”, गृहमन्त्री लेखकले भन्नुभयो ।

 

प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायत विषय समेटिएका छन् । गृहमन्त्री बनेपछि मन्त्री लेखकले गत भदौ ३१ गते गृहमन्त्रालयका सहसचिव डा टोकराज पाण्डेको नेतृत्वमा उक्त समिति गठन गर्नुभएको थियो । पाण्डे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बिक्री गर्न टेन्डर
३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बिक्री गर्न टेन्डर

बैशाख ३०, २०८२

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

बैशाख ३०, २०८२

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

बैशाख ०९, २०८२

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

ताजा अपडेट

  • ३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बिक्री गर्न टेन्डर

    ३६५ मेगावाटका आठ सरकारी जलविद्युत् निजी क्षेत्रलाई बि…

  • पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग

    पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग

  • कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

    कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य

  • आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको ख…

  • देउवा र ओलीको स्वार्थ ले राष्ट्र बैंक नेतृत्वविहीन, अर्थतन्त्र थप अनिश्चिततामा

    देउवा र ओलीको स्वार्थ ले राष्ट्र बैंक नेतृत्वविहीन, अर्…

  • माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर फिदिम मा, ओर्लियो जनलहर

    माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर …

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…