इतिहास

राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पुर्‍याएको योगदानको स्मरण


erastriya आइतबार, पुस १४, २०८१

काठमाडौँ, १४ पुस : राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।  

राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उहाँको ८०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चहनाअनुुसार २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गर्नुभयो ।  

नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा अविस्मरणिय रहेको विचार व्यक्त गर्नुभयो ।

समाजसेवी पशुपतिभक्त महर्जनले सरल स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गर्नुभयो । विसं २००२ पुस १४ गते जन्मिनुभएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो ।

प्रतिष्ठानलगायत विभिन्न सङ्घसंस्थाले आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै
कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

१० घण्टा अघि

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

पुस २९, २०८१

टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

पुस २८, २०८१

नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर मनाइँदैछ
नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर मनाइँदैछ

पुस २७, २०८१

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?