समाचार

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर


erastriya सोमबार, पुस १५, २०८१

काठमाडौँ, १५ पुसः नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पु-याउँदै आएको कार्टर सेन्टरका संस्थापक जिमी कार्टरको निधन भएको छ । प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि जिमी कार्टरले जीवनपर्यन्त गरेका कार्यहरूको विश्व समुदायबाट स्मरण गरिएको छ । 

 संविधानसभाका दुवै निर्वाचनमा स्वयम् उपस्थित भएर उहाँले निर्वाचन पर्यवेक्षण गर्नुभएको थियो । कार्टर सेन्टरले नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग गरेको थियो । 

 निर्वाचन र लोकतन्त्रको आधुनिकीकरणको प्रमुख श्रेय कार्टरलाई दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउनुहुन्छ । कार्टर सेन्टरले संविधानसभाका दुवै निर्वाचन र विसं २०७४ को निर्वाचनमा निर्वाचन आयोगलाई सहयोग गरेको थियो । कार्टर सेन्टरले निर्वाचनका लागि आवश्यक प्रविधि, कानुनी र नीतिगत व्यवस्था तथा निर्वाचन पर्यवेक्षणको मापदण्ड बनाउने गरेको उहाँले बताउनुभयो । 

 प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “कार्टर सेन्टरले संसारभर लोकतन्त्र र निर्वाचनप्रतिको विश्वास अभिवृद्धि गर्ने, समग्र निर्वाचन प्रणालीका असल अभ्यासलाई प्रत्येक देशका निर्वाचन व्यवस्थापन निकायले अनुसरण गर्ने, निर्वाचनलाई पहुँचयोग्य (मताधिकार सुनिश्चित गर्ने) बनाउने र निर्वाचनको माध्यमबाट अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिमा सहयोग पु¥याउँदै आएको छ ।”

 पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कार्टरलाई लोकतन्त्र र प्रजातन्त्रको पिताभन्दा फरक नपर्ने बताउनुभयो । उहाँले मानवअधिकार, शिक्षा र प्रजातन्त्रको सन्दर्भमा पनि विश्व समुदायमाझ कार्टरको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । “अमेरिकाको मात्रै नभई संसारभरको लोकतन्त्र सुदृढीकरणमा कार्टरको योगदान थियो”, उहाँले भन्नुभयो । 

 प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका सन्दर्भमा कार्टर नेपाल आउनुभएको स्मरण गर्नुभयो । “विश्व र नेपालका लागि उहाँ प्रजातन्त्रको प्रतिनिधि, पुजारी र गुरु हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “लोकतान्त्रिक र प्रजातन्त्रिक प्रक्रियामा पालना गर्नुपर्ने विधि, प्रक्रिया र पद्धतिका लागि पवित्र भएर लाग्न जिमी कार्टरको प्रेरणालाई व्यवहारमा प्रयोग गर्न सकियो भने उहाँप्रति सम्मान गरेको ठहर्छ ।”

 अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा निधन भएको हो । उहाँले आफ्नो जीवनलाई विश्वव्यापी मानवतावादीका रूपमा परिभाषित गर्नुभएको थियो । शान्ति स्थापना, नागरिक र मानवअधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिने कार्यमा विश्व समुदायबाट कार्टरको भूमिकाबारे प्रशंसा हुँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा