राजनीति

अमेरिकाद्वारा युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा


erastriya सोमबार, पुस १५, २०८१

संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि किएभलाई सहायता प्रदान गर्न वासिङ्टनले हतार गरिरहेको छ । 

 ट्रम्पको नोभेम्बरको चुनावी विजयले युक्रेनका लागि अमेरिकी सहायताको भविष्यमा शङ्का उत्पन्न गरेको छ । यसबाट अर्को महिना उहाँले शपथ ग्रहण गर्नुअघि पहिले नै स्वीकृत गरिएको अर्बौं डलरको सहायता वितरण गर्न सीमित समय प्रदान गरेको छ ।

 सोमबारको सहायतामा एक अर्ब २५ करोड डलरको सैन्य ‘ड्रडाउन प्याकेज’ समावेश छ । यसले पेन्टागनलाई अमेरिकी भण्डारबाट हतियार लिएर तिनलाई छिटो युद्धभूमिमा पठाउन अनुमति दिन्छ ।

 अर्को एक अर्ब २२ करोड डलर युक्रेन सुरक्षा सहायता पहलमार्फत वित्त पोषण गरिनेछ । यसअन्तर्गत रक्षा उद्योग वा साझेदारहरूबाट सैन्य उपकरणहरू खरिद गरिन्छ । 

 “युक्रेनी जनताले रूसी आक्रमणबाट आफ्नो स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न जारी राख्दै गर्दा आज म युक्रेनलाई करिब दुई अर्ब ५० करोड डलर सुरक्षा सहयोगको घोषणा गर्न पाउँदा गर्व गर्दछु”, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भन्नुभयो । 

 अमेरिकी विदेश मन्त्रालयको छुट्टै विज्ञप्तिअनुसार रक्षा मन्त्रालयको भण्डारबाट गरिने ड्रडाउनमा ड्रोनहरू, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) का लागि गोलीगठ्ठा, अप्टिकली गाइडेड मिसाइलहरू, एन्टी–ट्याङ्क हतियार प्रणालीहरू, हवाई–जमिन गोलाबारुद र पार्टपुर्जाहरू समावेश हुनेछन् ।

 “संयुक्त राज्य अमेरिका र ५० भन्दा बढी राष्ट्र युक्रेनसँग रुसको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्न आवश्यक क्षमता प्राप्त होस् भनी सुनिश्चित गर्न एकजुट छन्”, विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भन्नुभयो । 

 युक्रेनका लागि पछिल्लो सहायता महिनाको सुरुमा घोषणा गरिएको करिब एक अर्ब डलर बराबरको ड्रोन, गोलाबारुद र उपकरणको खेपको पछि आएको हो ।

 बिदाइ हुन लागेको बाइडेन प्रशासनले ट्रम्प जनवरीमा सत्तामा आउनुअघि युक्रेनलाई सकेसम्म धेरै सहायता प्राप्त गर्न काम गरिरहेको छ । ट्रम्पले बारम्बार किएभका लागि अमेरिकी सहायताको आलोचना गर्नुभएको छ र केही घन्टामै युद्धविराम सुरक्षित गर्न सक्ने दाबी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा