समाचार

मुकुल ढकाल फेरी रासपा मा फर्किंदै फेसबूकमा लेखेका छन् रबि दाई हामी एक हुनु पर्छ


erastriya बुधबार, पुस १७, २०८१

मुकुल ढकाल ले सामाजीक सन्जाल मार्फत यस्ताे लेखेका छन् 

आज केहि कुरा गरौँ ...... 

अलि अलि तलमाथि हुँदै सबै कुरा राम्रै जाँदै थियो । रवि दाइ र मबीच पार्टी छलफल हुँदै कुरा हुन्थ्यो, "भोलिका दिनमा पार्टी ठूलो हुन्छ, फरक फरक मान्छे आउँछन् , राजनीतिबाट जोगिएर जानपर्छ" र रवि दाइ आफैँ भन्नु हुन्थ्यो, "जस्तो परिस्थिति आए पनि, मुकुल, तिमी र म एक गुट है ।" 

 

परिस्थितिहरू आए । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पूर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारवाहि गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिकरूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । आखिर मान्छे हुँ, भगवान थोडिन हुँ र । हामीबीचको सम्बन्धमा भित्र बाहिरकाले खेलेको राजनीति समयमा बुझ्न नसक्नु वा भनौँ बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो । सम्बन्ध त दुइतर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो । गल्ती त सायद दुवैको हुनपर्छ नि । अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको । 

 

सभापतिलाई महामन्त्रीबाट अलग गराएपछी सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारवाहि गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टीलाई उग्र दक्षिणपन्थि अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुनजेल धेरै ढिलो भइसकेको नहोस् । 

 

राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउन पर्छ । हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दु:खले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ । जोगाउने मात्र होइन, ८४ सम्म भरोसा युक्त शक्तिकोरूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ । 

 

अब पनि राजनीति नबुझ्ने हो भने , निषेधकै राजनीतिमा अघि बढ्ने हो भने , प्रचण्ड, देउवा र ओलिसँग मिल्न सक्ने मुकुलसँग मिल्न सकिन्न जस्ता तर्क दिँदै जाने हो भने , के भन्न सकिन्छ र ? राजनीति फरक चिज हो । यो कसरी बुझाउने । रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्र भित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीती हो , यहाँ प्रमाण अदृष्य हुन्छ । देशमा विदेशी हस्तक्षेप हुन्छ कि हुन्न भन्दा , प्रमाण त के पाइएला । राजनीतिको खेल नबुझ्ने हो भने, ८४ को खेल कुनै हालतमा जितिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा