समाचार

गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण


erastriya बिहीबार, पुस १८, २०८१

लमजुङ, १८ पुस : विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका एक हजार पाँच सय ६७ पुरुष र दुई सय ८७ महिला यहाँ आएका थिए । त्यस्तै, अन्य राष्ट्रका १६ हजार नौ सय ३२ पुरुष, १२ हजार ७५ महिला र अन्य पाँच विदेशी पर्यटक आएका थिए । फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताउनुभयो ।

कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा नौ हजार ६ सय १९ बढी विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक आएका थिए । सोमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । यस केन्द्रका इन्चार्ज गुरुङका अनुसार सन् २०२३ मा एक सय २२ देशका नागरिक यस पदमार्गमा आएका थिए ।

त्यस्तै, स्न २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक यहाँ आएका थिए । सोमध्ये १० हजार तीन सय ६४ र पाँच हजार पाँच सय ३६ महिला रहेका केन्द्रले जनाएको छ । स्न २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ विदेशी पर्यटक बढी आएका थिए । सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सका दुई हजार १२ जना रहेका थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६ सय २७ पर्यटक बढी आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए ।

त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक तथा सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । सन् २०१७ देखि पर्यटक आगमन वृद्धि हुँदै गएकामा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।

साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायत हेर्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । यस पदमार्गमा पर्यटक आगमन हुँदा यहाँ होटल व्यवसाय फस्टाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करिब बीस करोड रकमसहित एक जना पक्राउ
करिब बीस करोड रकमसहित एक जना पक्राउ

चैत ०४, २०८१

साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान
साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

फागुन २०, २०८१

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड

माघ २५, २०८१

भोजपुरे खुकुरी उद्योग सङ्कटमा
भोजपुरे खुकुरी उद्योग सङ्कटमा

माघ २४, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस