समाचार

सार्वजनिक जग्गाको अतिक्रमण हटाइने


erastriya आइतबार, पुस २१, २०८१

 

 

महोत्तरी, २१ पुसः सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वनसम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान सुरु गरेका छन् । महोत्तरीको बर्दिबास–४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सवडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काइ अतिक्रमण हटाएका हुन् ।

 

नदी उकास क्षेत्रको जग्गा बर्दिबास–४ का मोहित तामाङले घेराबेरा लगाएका थिए । नदी उकास जग्गा घेरबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सवडिभिजन कार्यालय गणन्ता (महोत्तरी) का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

 

शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सव डिभिजन कार्यालय गणन्ताले जनाएको छ । “अहिले अतिक्रमण गर्नेलाई चेतावनी दिइएको छ, यस्तो घटना दोहोरिए वन ऐनअनुसार कारबाही गरिन्छ”, उहाँले भन्नुभयो । बर्दिबास नगरक्षेत्रमा सयौँ बिघा पर्ती र नदी उकास जग्गा छन् । यसै अभियानका क्रममा अतिक्रमणको पहिचान गरी हटाइने वन अधिकृत चौधरीको प्रतिबद्धता छ ।

 

यस्ता जग्गामा वृक्षरोपण गरेर चुरेक्षेत्रमा हरियाली प्रवद्र्धन गरिन पर्ने वातावरणविद्हरुको सुझाव छ । चुरे नजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षरोपण गरिए भूक्षय न्यूनीकरण हुनसँगै हरियाली प्रवद्र्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज
प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

१४ घण्टा अघि

एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क परिमार्जन

२२ घण्टा अघि

एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

असार २०, २०८२

चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना
चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

असार २०, २०८२

ताजा अपडेट

  • प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

    प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाक…

  • पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता राजनीतिक वृतमा तरंग

    पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता र…

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …