अन्तर्राष्ट्रिय

नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ


erastriya आइतबार, पुस २१, २०८१

 

रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जोनसनलाई बधाइ दिनुभएको छ । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पुर्‍याउने उहाँले बताउनुभएको छ ।

 

“माइक संसद्मा एक विशेष सभामुखको भूमिका निभाउन सक्षम हुनुहुनेछ र हाम्रो देश लाभार्थी हुनेछ । अमेरिकी जनताले विवेक, क्षमता र नेतृत्वका लागि चार वर्ष पर्खेका छन्”, नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अमेरिका पहिलेभन्दा महान् हुनेछ!”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण समर्थनमा रिपब्लिकन पार्टीका माइक जोनसनलाई अमेरिकी प्रतिनिधि सभाको सभामुखमा फर्काइएको हो ।

 

जोनसनले डेमोक्र्याटिक समूहसँग कानून पारित गर्न सहयोग गरेपछि तत्कालिन ‘ब्याकबेन्चर’ हरू उहाँसँग खुशी थिएनन् । रिपब्लिकन पार्टीबाट प्रतिनिधि रहेका एक दर्जनभन्दा बढी सदस्यले जोनसनको नेतृत्वमाथि शङ्का व्यक्त गरेपछि उहाँको जीत सुनिश्चित गर्न अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले नै आफ्नो दलका सांसदहरूलाई विश्वास दिलाउनुपरेको थियो ।

 

अमेरिकी संसद्को ‘मिडिया आउटलेट’ पञ्चबोल न्यूजका अनुसार ट्रम्पले व्यक्तिगत रूपमा जोनसनको विरोधमा राय राख्ने दुई सांसदसँग फोनमा कुरा गरेपछि जोनसनले सभामुखपदको आफ्नो महत्वाकाङ्क्षालाई जीवित राख्न सफल हुनुभएको हो ।

 

सन् २०२३÷०२५ को सत्रमा विशेषगरी लुइजियानाका सांसदले खर्चवार्ताको व्यवस्थापनलाई लिएर जोनसनविरूद्ध आक्रोश व्यक्त गरेका थिए।

 

अन्तमा मतदान सुरु हुँदा केवल तीन रिपब्लिकनकबाहेक अन्य सबैले जोनसनको पक्षमा मतदान गरेका थिए भने डेमोक्र्याटतर्फ सबै २१५ सदस्यले आफ्ना नेता हकीम जेफ्रीजलाई समर्थन गरेका थिए ।

“चार वर्षको उच्च मुद्रास्फीतिपछि, हामीसँग ठूलो एजेन्डा छ। हामीले धेरै काम गर्न बाँकी छ र यसलाई द्विदलीय सहकार्यमा अघि बढाउन सक्छौँ,” सभामुखमा आफू निर्वाचित बनेपछि जोनसनले भन्नुभयो । “हामी उच्च मुद्रास्फीतिसँग लड्न सक्छौं र यो हामीले गर्नैपर्छ । हामीले अमेरिकीहरूलाई राहत दिनेछौँ भने ट्रम्पको कर कटौतीसम्बन्धी नीतिलाई विस्तार गर्नेछौँ हामी सरकारको आकार र दायरामा भारी कटौती गर्न जाँदैछौं, हामी जनतामा शक्ति फिर्ता गर्न जाँदैछौं। केन्टुकी कन्जरभेटिभ कट्टरपन्थी थोमस मासीको अपवादबाहेक जोनसनको विरोध सधैं नरम देखिन्थ्यो । उहाँले हप्ताको अधिकांश समय फोन गरी उहाँको उम्मेदवारीको विरोध गर्ने ‘कन्जरभेटिभ’हरूसँग बैठक आयोजना गर्नुभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा