समाचार

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै


erastriya आइतबार, पुस २१, २०८१

 

महेन्द्रनगर (धनुषा), २१ पुसः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ ।

आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सोमबार राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग प्रदेश सरकारले खेल मैदानका लागि सम्झौता गर्ने बताउनुभयो । रङ्गशाला बनाउने स्थानको जमिन सरोकार भएका निकायसँगको सहमतिमा मालपोतबाट पास हुनेवित्तिकै प्रदेशस्तरीय मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रतिवेदन सङ्घीय सरकारसमक्ष पेस गरिने उहाँले उल्लेख गर्नुभयो ।

 

करिब सात वर्षअघि भारत सरकारका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि रु एक अर्ब उपलब्ध गराउने घोषणा गर्नुभएको रकम हालसम्म खर्च नभएकाले उक्त रकम रङ्गशाला निर्माणमा लगाउने मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । बाँकी रकम प्रदेश सरकारले लगानी गर्ने उहाँले बताउनुभयो ।

 

भारत सरकारले प्रदान गर्ने भनिएको रकम खर्च गर्न प्रदेशस्तरीय मन्त्रिपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने बताउँदै मुख्यमन्त्री सिंहले केन्द्र सरकारले स्वीकृत गरी भारतीय दूतावासमा पठाउनुपर्ने र दूतावासले स्वीकृति प्रदान गरेपछि मात्र बोलपत्र आह्वान गर्न सकिने जानकारी दिनुभयो । केही प्राविधिक त्रुटिका कारण अहिलेसम्म बोलपत्र आह्वान हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

 

गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएकाले टिप्पणी उठाउन नसकिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले रङ्गशालाका लागि रु दुई अर्ब ५० करोडदेखि रु तीन अर्बसम्म खर्च लाग्ने अनुमानसहित बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।

 

मुख्यमन्त्री सिंहले खेलकुदका साथै अन्य पूर्वाधार विकासमा पनि प्रदेश सरकारले युवासँग सहकार्य र समन्वय गरी अवसरहरू सिर्जना गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

 

जय ट्रफी उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, धनुषा क्रिकेट सङ्घका अध्यक्ष गुड्डु पाण्डेय, विभिन्न राजनीतिक दलका प्रतिनितिधिलगायत खेल प्रेमीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा