समाचार

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने


staffUser77 मंगलबार, पुस २३, २०८१

 

काठमाडौँ, २३ पुसः फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिनुभएको छ ।

 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उहाँहरूले बताउनुभयो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध नियन्त्रण गर्न निगमलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि मुलुकको आकाश सुरक्षित हुनुपर्ने तथा त्यसमा पर्यटन क्षेत्रमा आबद्ध सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट बिक्रीमा सुधार गर्न आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छाँै,” मन्त्री पाण्डेले निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधि दिइएको बताउनुभयो ।

समितिका सदस्य उदयशम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । समितिका अर्का भीमप्रसाद आचार्यले निगमको व्यस्थापन प्रणाली परिवर्तन नगरिकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताउनुभयो । यसको व्यस्थापन करारमा दिनुपर्छ ।

त्यसैगरी अर्की सदस्य सुनिता बरालले व्यवस्थापनसँगै खरिद प्रक्रियाको समस्या भए त्यो पनि सच्च्याउन जरूरी छ भन्नुभयो । सांसद शिशिर खनालले विमान खरिदमा भएको अनियमिताताको छानविन समितिले गर्नुपर्नेमा जोड दिनुभयो । सांसद एनपी साउदले निगममा व्यवस्थापकीय समस्या भएको बताउदै सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यस्थापन करारमा जानुपर्छ भन्नुभयो ।

सांसद योगेश गौचनले कार्यकारी प्रमुख बिना नै निगम सञ्चालन भइरहेको उल्लेख गर्दै निलम्बनमा परेको व्यक्तिबाट संस्थानको हित सुनिश्चित गर्न नसकिने तर्क गर्नुभयो । बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम सञ्चालनको अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा