अन्तर्राष्ट्रिय

चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो


erastriya मंगलबार, पुस २३, २०८१

चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ । छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ । 

 चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ । 

 फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

 भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।

 “यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो... धेरै घरहरू ढले”, ३४ वर्षीय साङ्जी डाङ्झीले भन्नुभयो । उहाँको तिङरीको सुपरमार्केटमा ठूलो क्षति भयो । उहाँले स्थिति ‘धेरै गम्भीर’ भएको बताउनुभयो । एम्बुलेन्सहरूले दिनभरि मानिसहरूलाई अस्पताल पुर्याइरहेका थिए । 

 सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसहरूलाई पसलको गल्लीहरू मार्फत भागिरहेको देखाइएको छ भने ¥याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।

 सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ः०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।

 गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् । 

 चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ । 

– सम्पूर्ण उद्धार प्रयास –

 प्रभावित क्षेत्र सगरमाथा शिखरको चिनियाँ तर्फको पहाडी भू–भागले घेरिएको छ ।

 भूकम्पको केन्द्रविन्दु तिङरी लगभग ६२ हजार जनसङ्ख्याको घर हो र यो तिब्बतको राजधानी ल्हासा जस्तो सहरी केन्द्रहरू भन्दा कम विकसित छ ।

धेरै घर ढुङ्गा, माटोको इँटा र काठको बिम जस्ता परम्परागत सामग्रीहरू प्रयोग गरेर निर्माण गरिएको देखिन्छ । 

 आपत्कालीन कमान्ड सेन्टरलाई उद्धृत गर्दै सिसिटिभीले यस क्षेत्रमा भूकम्प आपत्कालीन प्रतिक्रियाको स्थिति उच्च स्तरमा बढाइएको बताएको छ । 

 चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गर्नुभएको राज्य प्रसारणले जनाएको छ ।

 चीन मौसम विज्ञान प्रशासनका अनुसार तिङरीमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस (३.२ फरेनहाइट) सम्म झर्ने अनुमान गरिएको छ ।

अधिकारीहरूले तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र ३४० भन्दा बढी चिकित्साकर्मी परिचालन गरिएको बताएका छन् । 

– जोडले हल्लियो –

 काठमाडौँका साथै नेपालको सगरमाथा नजिकैको उच्च पहाडी क्षेत्र लोबुचे वरपरका क्षेत्रहरू पनि भूकम्प र परकम्पले हल्लाएको थियो ।

 “यहाँ निकै जोडले हल्लियो, सबै ब्युँझिए”, सगरमाथा नजिक रहेको नाम्चे क्षेत्रका सरकारी अधिकारी जगतप्रसाद भुसालले भन्नुभयो ।

सुरक्षा बल परिचालन गरिएको तर हालसम्म कुनै क्षति वा मृत्युको खबर नआएको नेपाल सरकारको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

 नेपाल एउटा प्रमुख भूगर्भीय फल्टलाइनमा अवस्थित छ जहाँ भारतीय टेक्टोनिक प्लेट युरेसियन प्लेटमाथि धकेलिन्छ । यसले हिमालय बनाउँछ र भूकम्पहरू नियमित घटना हुन् । 

 सन् २०१५ मा नेपालमा आएको ७.८ म्याग्निच्युडको भूकम्पमा करिब नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । भारतको बिहार राज्यमा केही कम्पन महसुस गरिए पनि कुनै क्षतिको खबर आएको छैन । मङ्गलबारको भूकम्प पछिल्लो पाँच वर्षमा २०० किलोमिटर (१२४ माइल) को परिधिभित्र रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली रहेको सिइएनसीले बताएको छ । सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा १४८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए । 

 यो सन् २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प थियो । सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

२१ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…