अन्तर्राष्ट्रिय

लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ पलायन


erastriya बुधबार, पुस २४, २०८१

 

बुधबार आँधीको गतिको हावाले बढाएको तीन वटा नियन्त्रण बाहिरका जङ्गली डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् ।अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स छिमेकी क्षेत्र नजिकैको आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् र केही अन्य मानिस जलेको खबर आएको छ ।

भयानक हावाले आगोलाई फैलाउँदै रातो–तातो झिल्काहरूलाई सयौँ मिटर टाढासम्म उडाउँदै असहाय दमकलकर्मीहरूले निभाउन नसक्ने गरी नयाँ स्थानहरूमा आगो सल्किँदै गएको थियो ।बिहान हुँदा लस एन्जलसमाथि धुवाँको विशाल पर्दा देखिन्थ्यो र हावामा जलेको तीखो गन्ध थियो ।सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै चेतावनी दिनुभयो, “आँधी बिहानभर झन् खराब हुने अपेक्षा गरिएको छ ।”

लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् । त्यहाँको आगोले अहिलेसम्म लगभग तीन हजार एकड (१,२०० हेक्टर) भूमि जलाइसकेको छ ।

लस एन्जलसको उत्तरमा अल्टाडेना वरपर दुई हजार दुई सय एकडमा भएको इटोन आगलागीमा एएफपीका एक पत्रकारले आपत्कालीन कामदारहरूले वृद्ध बिरामीहरूलाई उनीहरूको हेरचाह सुविधाबाट ह्विलचेयरमा बाहिर निकाल्दै गरेको देखे ।

तेस्रो आगो सान्ता क्लारिटाको वरिपरि लागिरहेको थियो । प्यासिफिक पालिसेड्सको आगलागीले क्यालिफोर्नियाको सबैभन्दा मनपर्ने स्थानहरू मध्ये एकमा दर्जनौँ घर नष्ट गरिसकेको छ । त्यहाँ हलिउडका सेलिब्रेटीहरू करोडौँ डलरको घरमा बस्नेहरू मध्ये छन् । एमी पुरस्कार विजेता अभिनेता जेम्स वुड्सले आफ्नो घर खाली गर्न तयार हुँदै गर्दा आफ्नो घर नजिकैका रूख र झाडीहरूमा आगो लागेको भिडियो पोस्ट गर्नुभयो र सबै आगोका अलार्म बजिरहेको बताउनुभयो । 

“हाम्रो पहाडको प्यारो सानो घर यति लामो टिक्यो भन्ने मलाई विश्वास लाग्दैन । यो कुनै प्रियजनलाई गुमाए जस्तो महसुस भइरहेको छ”, उहाँले भन्नुभयो ।

 मङ्गलबार साँझ जेनिफर लोपेजको नयाँ फिल्म ‘अनस्टपेबल’ को रेड–कार्पेट प्रिमियरसहित क्षेत्रभरका कार्यक्रमहरू रद्द गरियो भने स्क्रिन एक्टर्स गिल्ड अवार्डले बुधबारको व्यक्तिगत नामाङ्कन समारोहलाई प्रेस विज्ञप्तिले प्रतिस्थापन गर्ने बताएको छ । 

 राष्ट्रपति जो बाइडेनले मङ्गलबार राति आफूलाई ‘डढेलो बारेमा बारम्बार जानकारी दिइरहेको’ र आवश्यक परेमा सङ्घीय सहयोगको प्रस्ताव गरेको बताउनुभयो । 

– कारमा दौडियौँ –

मङ्गलबार बिहान पहिलो डढेलो सुरु भयो र धेरै बासिन्दालाई चकित पार्दै यो द्रुत गतिमा बढेको थियो । प्यासिफिक पालिसेड्सका बासिन्दा एन्ड्र्यु हाइरेसले उहाँको बच्चा दन्त चिकित्सककहाँ दाँत निकाल्न जाँदै गर्दा आगोको चेतावनी दिने सन्देश प्राप्त भएको बताउनुभयो । “हामीले मास्क निकाल्यौँ र कारमा दौडियौँ”, उहाँले भन्नुभयो ।

गेट्टी भिल्ला वरपरका रुख र वनस्पतिहरू जलेको तर संरचना र सङ्ग्रहहरू बचेको सङ्ग्रहालयले बतायो । अमेरिकी तेल अर्बपति तथा सङ्ग्रहकर्ता जे. पल गेट्टीले स्थापना गरेको र विश्वका सबैभन्दा धनी कला सङ्ग्रहालयहरू मध्येको एक गेट्टीले रोमन देहाती घरको प्रतिकृतिमा ग्रिक र रोमन पुरातात्विक वस्तुहरू राख्छ ।

यस क्षेत्रमा मौसमी सान्ता एना हावाले प्रहार गरिरहेको बेला आगो लागेको थियो । पूर्वानुमानकर्ताहरूले यो प्रतिघन्टा एक सय ६० किलोमिटरसम्मको वेगका साथ एक दशकमा सबैभन्दा खराब आँधीबेहरीमा परिणत हुनसक्ने बताएका थिए । 

“यो निकै चिन्ताजनक देखिन्छ”, मौसमविद् डेनियल स्वेनले भन्नुभयो ।

 जङ्गलमा लागेको डढेलो अमेरिकाको पश्चिममा जीवनको हिस्सा हो र यसले प्रकृतिमा महत्त्वपूर्ण भूमिका खेल्छ । तर वैज्ञानिकहरूका अनुसार मानव–निर्मित जलवायु परिवर्तनले मौसम ढाँचाहरूलाई परिवर्तन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा