समाचार

‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’


erastriya शुक्रबार, पुस २६, २०८१

 

दोधारा चाँदनी (कञ्चनपुर), २६ पुसः गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै उहाँले समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएकाले यसविरुद्ध सामूहिक अभियान सञ्चालन गरिनुपर्ने बताउनुभएको हो । मन्त्री लेखकले पछिल्लो समय लागुऔषधबाट विशेष गरी किशोरकिशोरी प्रभावित भइरहेकाले विद्यायस्तरबाटै अभियान सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय सरकार र निजी सङ्घसंस्थाको भूमिका यसमा थप प्रभावकारी हुने उहाँको भनाइ थियो । “समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ । यसविरुद्ध अभियान सञ्चालन गर्नु आवश्यक छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै अभियन सुरुआत गरोस्”, गृहमन्त्री लेखकले भन्नुभयो । उहाँले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरिएकाले यसको परिपालना र शैक्षिक गुणस्तर सुधारका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री लेखकले विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा छलफलकै क्रममा रहेको अब चाडै सो विधेयक पारित गरी शिक्षालाई सुलभ, सरल र सबैको पहुँच विस्तारमा सरकार केन्द्रीत हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा