समाचार

एसियन हाइवेः पुल र कल्भर्ट निर्माण पहिलो प्राथमिकतामा


erastriya शुक्रबार, पुस २६, २०८१

 

झापा, २६ पुसः एसियन हाइवेमा पुल र कल्भर्ट पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्रता दिइएको छ । उक्त खण्डको पूर्वी भाग काँकडभिट्टाबाट सीतापुरीसम्मको ४५ किलोमिटर क्षेत्रमा पर्ने पुल र कल्भर्ट निर्माणलाई तीव्रता दिइएको हो ।

 

हालसम्म १० दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको एसियाली विकास बैङ्क आयोजना दमकका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सडकमा माटो भर्ने, कल्भर्ट र पुल निर्माण भइरहेका छन् ।

 

एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको आयोजना प्रमुख पन्तले बताउनुभयो । एक सय ४३ कल्भर्टमध्ये सडक दायाँबायाँमा ९३ वटाको काम सम्पन्न भइसकेको बताउँदै उहाँले १८ साना पुलमध्ये १७ वटाको निर्माण भइरहेको जानकारी दिनुभयो ।

बिर्तामोडको चोकमा रहेको अदुवा खोलामाथि निर्माण गरिने पुल दुई महिनापछि सुरु गरिने आयोजना प्रमुख पन्तले बताउनुभयो । अन्य पुलको जमिनमा फाउन्डसेन पाइलिङ, पाइल क्याप र पिलर क्याप लगाउने काम धमाधम भइरहेको छ ।

 

“ठेक्का पाएको कम्पनीको काम सन्तोषजनक छैन”, आयोजना प्रमुख पन्तले भन्नुभयो, “मङ्सिर, पुसमा प्रतिमहिना चार प्रतिशतका दरले कामको प्रगति हुनुपर्नेमा नभएपछि तीव्रता दिन निर्देशन दिइरहेका छौँ ।” एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोड लागतमा कल्भर्ट र साना पुलको ठेक्का लगाइएको थियो ।

 

कनकाई, विरिङ्ग र निन्दा खोलाका पुलको ठेक्का फरक कम्पनीले लिएको छ । ती पुलमा फाउन्डेसन पाइलिङको काम भइरहेको जनाउँदै प्रमुख पन्तले सडकमा माटो भर्ने काममा समस्या भइरहेको बताउनुभयो ।

 

आवश्यकताअनुसार सहज रूपमा माटो नपाउँदा समस्या भएको पन्तको भनाइ छ । उहाँले हाल सञ्चालनमा आइरहेको बीच सडकको कल्भर्ट भने सडकसँगै निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । पुल र कल्भर्ट निर्माणपछि सडकको बाँकी काम गर्न सहज हुने भएकाले पहिलो प्राथमिकतामा पुल र कल्भर्ट राखिएको उहाँले उल्लेखग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा