अन्तर्राष्ट्रिय

कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दावी


erastriya आइतबार, पुस २८, २०८१

 

युक्रेनले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दावी गरेको छ ।

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच जारी द्वन्द्वबीच कुर्स्क क्षेत्रमा दुई जना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको बताउनुभएको हो । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भन्नुभयो, “हाम्रा सैनिकहरूले कुस्र्क क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ गरेका छन्। उनीहरू घाइते अवस्थामा रहेको र उनीहरूलाई आवश्यक अनुसन्धानका लागि किएभ लगिएको छ । उनीहरूले अहिले युक्रेनी सुरक्षा निकायसँग कुराकानी गरिरहेका छन्।”

 

युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले युक्रेनको 'स्पेशल अपरेशन फोर्सेज'को ट्याक्टिकल ग्रुप नम्बर ८४ का सैनिक र प्याराट्रूपर्सले उत्तर कोरियाली सैनिकलाई सफलतापूर्वक कब्जा गरेकोमा आभार व्यक्त गर्नुभयो । रूसी सेना र उत्तर कोरियाली सेनाले द्वन्द्वमा उत्तर कोरियाको संलग्नताको प्रमाण रोक्नका लागि आफ्ना घाइतेलाई मृत्युदण्ड दिने गरेको उल्लेख गर्दै उहाँले यस कारबाहीमा संलग्न चुनौतीबारे प्रकाश पार्नुभएको छ । उहाँले भन्नुभयो, “यो सजिलो काम थिएन। रुसी सेना र अन्य उत्तर कोरियाली सैन्य कर्मीहरूले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै पनि प्रमाण मेटाउन सामान्यतया आफ्ना घाइतेहरूलाई गोली हानी हत्या गर्ने गरेका छन् ।”

“यी दुई व्यक्तिहरूलाई पक्राउ गर्न सफल युक्रेनको सशस्त्र बलको विशेष अपरेशन बलको ‘ट्याक्टिकल ग्रुप नम्बर ८४’ का सैनिकहरू र हाम्रा प्याराट्रूपरहरू प्रति म आभारी छु,” उहाँले भन्नुभयो । युद्धबन्दीका रूपमा दुई उत्तर कोरियाली सैनिकले चिकित्सा सहायता प्राप्त गरिरहेको बताउँदै जेलेन्स्कीले युक्रेनको सुरक्षा निकायलाई पत्रकारहरूलाई कैदीहरूसम्म पहुँच प्रदान गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “सबै युद्धबन्दीजस्तै यी दुई उत्तर कोरियाली सैनिकले पनि आवश्यक चिकित्सा सहायता प्राप्त गरिरहेका छन् । मैले युक्रेनको सुरक्षा सेवालाई पत्रकारहरूलाई यी कैदीहरूसम्म पहुँच प्रदान गर्न निर्देशन दिएको छु।”

“विश्वले के भइरहेको छ भन्ने सत्य जान्न आवश्यक छ र यसबाट यो जानकारी मिल्नेछ,” उहाँले थप्नुभयो । युक्रेनी र पश्चिमी आँकलनअनुसार, युक्रेनी सेनाले अगस्त २०२४ मा सीमापार आक्रमण गरेपछि धेरै भूभाग कब्जा गरेको कुर्स्कमा करिब ११ हजार उत्तर कोरियाली सैनिकहरूलाई तैनाथ गरिएको छ । यसअघि युक्रेनी सेनाले रूसका लागि लडिरहेका उत्तर कोरियाली सैनिकहरूलाई रूसी नाम र जन्मस्थानसहितको नक्कली सैन्य कागजात दिइएको बताएको सन् २०२४ डिसेम्बर २२ मा अमेरिकी समाचार संस्था सीएनएनले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…