अन्तर्राष्ट्रिय

पेरुको आकाशमा 'एलियन' देखिए


erastriya बिहीबार, साउन ३२, २०८०

पेरुमा ७ फिट लामो उड्ने 'एलियन' देखिएको दाबी सार्वजनिक भएको छ। गत साता गाउँका मानिसहरूले आफूले एलियन उडिरहेको देखेको दाबी गरेका थिए। ती एलियनहरूले गाउँलेहरूलाई आक्रमण गरेको र उनीहरूको अनुहारमा क्षति पुर्याएको दाबी गरिएको छ।

मानिसहरूले एलियनहरूलाई पेलाकर अर्थात् अनुहार खाने व्यक्ति पनि भनेका छन्। 

तर, जब यो कुरा पेरुभियन अधिकारीहरूमा पुग्यो, उनीहरूले भने ती व्यक्तिहरू एलियन नभई वास्तवमा अमेरिकाका विभिन्न भागबाट अवैध सुन खानी चलाउने गिरोहका सदस्य भएको दाबी गरेका छन्।

पेरुको राष्ट्रिय अभियोजकको कार्यालयले भनेको छ-तिनीहरू विदेशी आक्रमणकाहरीहरू हुन्। अहिले तिनीहरूको अनुसन्धान गर्न सुन माफियालाई ट्र्याक गर्ने प्रयास गरिएको छ। 

गिरोहका सदस्यहरू विदेशी पोशाक लगाएर आउँदै

डेली मेलको रिपोर्ट अनुसार सुन माफियाले गाउँका मानिसहरूलाई डराउन विभिन्न पोशाक लगाएर जेटप्याकको सहायताले आक्रमण गरिरहेका छन्। यसबाट मानिसहरू सुन खानी नजिक कम बस्न थालेका छन्। 

न्युयोर्क पोस्टका अनुसार स्थानीय मानिसको समूह 'इकितु'ले जुलाई ११ तिर एलियनहरूको घेराबन्दी सुरु भएको थियो।अधिकारीहरुका अनुसार अवैध उत्खनन माफियाले १५ वर्षीया बालिकालाई साउन २९ गते अपहरण गर्ने प्रयास गरेको थियो। यसै क्रममा उनको घाँटीमा आक्रमण भएको थियो। 

इकितुका नेताले भने- गोलीले असर गरेको छैन 

इकितुका नेता जाइरो अविलाले आकाशमा उडिरहेका यी मानिसहरू वास्तवमा एलियन भएको दाबी गरेका छन्। उनले भने, 'मैले यी जीवहरूलाई २ पटक गोली हाने तर पनि कुनै हानि भएन। तर, उक्त क्षेत्रको एक विद्यालयमा कार्यरत एक शिक्षकले स्थानीय रेडियो प्रसारक आरपीपीलाई आफूले ती मानिसहरूलाई आफ्नो उपकरण प्रयोग गरेर जमिनबाट उडेको देखेको बताएका छन्। 

माफियाले अत्याधुनिक प्रविधि र उपकरण प्रयोग गरी गाउँलेलाई डराउने गरेको अनुसन्धान अधिकारीले बताएका छन्। यसमा प्रोपेलर, थ्रस्टर र जेटप्याकहरू समावेश छन्। डेली मेलका अनुसार अवैध उत्खनन गिरोहको ८० प्रतिशत समूह नानय नदीको किनारमा बसेका छन्। यहीँबाट उनीहरूले आफ्नो कार्य सञ्चालन गरिरहेका छन्। 

यसै क्रममा एलियन भएको दाबी गर्ने इकितु नेताले ७ फिट लामो उड्ने प्राणीको टाउको ठूलो र हरियो रङ भएको बताएका छन्। उनको जुत्ता गोलाकार रहेको र उनको कुर्कुच्चामा रातो बत्ती बलिरहेको थियो। नेता अविलाले भने, 'एलियनहरू पहेँलो आँखा भएका थिए र आक्रमण गरेपछि धेरै छिटो भाग्ने गर्थे।' 

माफियाको डरका कारण इकितुवासीले दैनिकीमा निकै समस्या भोगिरहेका छन्। यसैलाई मध्यनजर गर्दै अहिले समूहका मानिसहरूले नानय नदी नजिक पहरा दिन थालेका छन्।

इन्टरपोलले भन्यो, 'लागुऔषधभन्दा अवैध सुन उत्खननमा नाफा बढी हुन्छ'

लागुऔषध तस्करीभन्दा सुनको अवैध व्यापार बढी लाभदायक हुने इन्टरपोलको २०१६ को प्रतिवेदनले भनेको छ। त्यसैले लागुऔषध तस्करीमा कडाइका कारण सुनको अवैध उत्खननमा माफियाहरूले पनि कम खतरा महसुस गरेका हुन सक्छन्।

कारीगर सुन खानी अनुगमन गर्ने एजेन्सी एजीसीले अहिले यो ३०-४० अर्ब डलरको उद्योग भएको बताएको छ।

पेरुसँग ल्याटिन अमेरिकामा सबैभन्दा ठूलो सुनको भण्डार छ। एजीसीका अनुसार यहाँबाट बर्सेनि १५० मेट्रिक टन सुन बाहिरिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा