समाचार

इस्पात सम्झौता सम्बन्धमा बाइडेनसँग जापानी प्रधानमन्त्रीद्वारा ‘कडा’ चिन्ता व्यक्त


erastriya सोमबार, पुस २९, २०८१

 

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग निप्पोन स्टिलले अमेरिकी स्टिल कम्पनीलाई खरिद् गर्ने सहमति अनुसार काम अघि बढ्न नदिनुले दुवै देशमा ’कडा’ चिन्ता उत्पन्न भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइडेनले निप्पोन स्टिलले यसै महिनाको सुरुमा यूएस स्टीलको १४.९ अर्ब अमेरिकी डलरमा खरिद गरेको निर्णयलाई अस्वीकार गर्नुभएको थियो ।

मैले जापानमा मात्र होइन, अमेरिकी व्यापारिक समुदायमा पनि चिन्ताको सशक्त आवाज उठिरहेको बताएको छु र राष्ट्रपति बाइडेनलाई ती भावना हटाउन आग्रह गरेको छु,” इशिबाले सोमबार पत्रकारसँगको कुराकानीपछि सञ्चारकर्मीसँग भन्नुभयो ।

 

जापानी कम्पनीलाई अधिग्रहण गर्न रोक्नु अत्यन्त असामान्य छ र दुवै कम्पनीले आफ्नो कार्यकालको अन्तिमतिर रहनुभएका अमेरिकी राष्ट्रपतिलाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन् । निप्पोन स्टिलले यस अधिग्रहणलाई सङ्घर्षरत आफ्नो अमेरिकी प्रतिद्वन्द्वी कम्पनीका लागि नयाँजीवनको रूपमा व्याख्या गरेको थियो । तर आलोचकहरूले जापानी समूहले यसको आश्वासनको बावजुद विपरीत जाने र रोजगारी कटौती गर्ने चेतावनी दिएका छन् ।

सन् २०२३ मा घोषणा गरिएको यो अधिग्रहण गत वर्षको अमेरिकी राष्ट्रपति चुनावको दौडानमा चर्चामा आएको थियो र यो राजनीतिक ‘फ्ल्यासप्वाइन्ट’ साबित भएको थियो।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा महत्वपूर्ण र प्रतिस्पर्धात्मक मानिएको पेन्सिलभेनिया (स्विङ राज्य) मा यूएस स्टील रहेको छ । निर्वाचनका समय रिपब्लिकन नेता डोनाल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी कमला ह्यारिस दुवैले कम्पनी लेनदेनको विरोध गरेका थिए ।

सन् २०२३ मा जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब ८०० अर्ब अमेरिकी डलर लगानी गरेका थिए, जुन अन्य कुनै पनि देशको तुलनामा बढी हो । यो अमेरिकामा भएको विदेशी लगानीको १४.३ प्रतिशत हो । अमेरिकी कम्पनीहरू पनि जापानमा सबैभन्दा ठूलो बाह्य लगानीकर्ता हुन् ।

दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले आफ्नो उपस्थिति देखाउँदै त्यसको प्रतिकार गर्न चाहेको वासिङ्टनका लागि जापान पनि रणनीतिक साझेदार हो । दुवै स्टिल कम्पनीले आइतबार अमेरिकी अधिकारीहरूले अधिग्रहणको लागि जुन १८ सम्मको समयसीमा बढाएको बताएका छन्। जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको शपथग्रहण समारोहमा सहभागी हुने जापानका विदेशमन्त्री ताकेशी इवायाले द्विपक्षीय सम्बन्धको ‘व्यापक तस्वीर’लाई कमजोर नपार्नु महत्वपूर्ण भएको बताउनुभयो । इवायाले वासिङ्टनमा रहँदा ट्रम्पका विदेशमन्त्री मार्को रुबियोसँग वार्ता गर्ने र इशिबा र ट्रम्पबीच भेटवार्ताका लागि आधार तयार गर्ने बताउनुभएको थियो ।

क्योदो न्यूजले सरकारी स्रोतलाई उद्धृत गर्दै फेब्रुअरीको मध्यसम्ममा यो घटना हुन सक्ने जनाएको छ । ट्रम्पको पहिलो कार्यकालमा उहाँ र जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेबीच न्यानो सम्बन्ध थियो । गत डिसेम्बरमा ट्रम्पले आबेकी विधवा पत्नीसँग मार–ए–लागोमा भेट गर्नुभएको थियो । यसले ट्रम्पले आबेसँगको न्यानो सम्बन्धलाई निरन्तरता दिने सङ्केतका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा