समाचार

दुई करोडभन्दा बढी लागतमा च्याङग्रे पोखरी संरक्षण


erastriya सोमबार, पुस २९, २०८१

 

भोजपुर, २९ पुसः च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण काम अन्तिम चरणमा पुगेको छ । पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल संरक्षणको काम लगभग सम्पन्न हुने अवस्थामा पुगेको हो ।

 

सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोडभन्दा बढी लागतमा पोखरी संरक्षण भइरहेको छ । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरिरहेको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुआब्जा दिएर यहाँका दुईवटा घर र तीन कित्ता जग्गा अधिकरण गरेको छ ।

 

सम्झौताअनुसार विसं २०८२ को जेठ १४ गतेसम्ममा पूर्ण रुपमा काम सम्पन्न गर्नेगरी रु दुई करोड १३ लाख लागतमा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । पोखरी निर्माणको वित्तीय प्रगति ६५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । “च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण भइरहेको छ,” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “हालसम्म यहाँको ७५ प्रतिशत काम सम्पन्न भएको छ । आगामी जेठ महिनासम्म काम सक्नुपर्ने सम्झौता रहेको छ । तोकिएको समय अवधिमा सम्पन्न गराउने लक्ष्यका साथ काम अघि बढाएका छौँ ।” केन्द्र सरकारबाट आउने बजेट समयमा नआउँदा काममा ढिलाइ हुने गरेको उहाँको भनाइ छ ।

 

संरक्षण भइरहेको पोखरीलाई पर्खालले घेर्ने, मन्दिर निर्माण गर्ने, पोखरी वरिपरि बगैँचा निर्माण गर्ने, शौचालय, विश्रामस्थल, बालबालिका र ज्यष्ठ नागरिकका लागि पार्क बनाउने र पोखरीमा ‘बोटिङ’ गर्न सक्नेगरी संरचना निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

 

पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास तथा संरक्षणको गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको अध्यक्ष राईको भनाइ छ । पालिका केन्द्रको मुख्य पर्यटकीय क्षेत्र रहेकाले यसलाई प्राथमिकतामा राखेर विकासको काम भइरहेको उहाँको भनाइ छ । “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ । च्याङ्ग्रे पोखरी र पञ्चकञ्या देवस्थलको संरक्षण गरिरहेका छौँ । तर स्थानीय सरकारलाई आएको बजेटबाट सवै काम गर्न निकै समस्या छ । यो स्थानलाई स्थापित पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ ।”

 

पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेकाले यसको विकाससँगै प्रचार–प्रसारमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकहरु पुग्ने गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयवासीको कथन छ ।

 

परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासी निरबहादुर फुयालले बताउनुभयो । “च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको छुट्टै धार्मिक तथा ऐतिहासिक महत्व छ,” उहाँले भन्नुभयो, “यसको विकासमा स्थानीय सरकारले गरिरहेको काम प्रशंसायोग्य छ । यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्छ । मैले पनि पोखरीको संरक्षणका लागि जग्गा प्रदान गरेको छु ।”

 

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रुपमा विस्तार भएको छ । विश्राम गर्ने, घुम्ने, डुल्न, तस्बिर लिन, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँका आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताउनुभयो । यसको संरक्षणपश्चात् यहाँको पयर्टनमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ ।

 

विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । यहाँको पर्यटकीय क्षेत्रको थप विकासका लागि यो पोखरी नजिकै रहेको काली खोलामा झोलुङ्गे पुलसमेत निर्माण सम्पन्न भएको छ । यो पुलमा पुगेर मानिसहरुले पोखरीको दृश्यावलोकन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा