साहित्य

दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना


erastriya सोमबार, पुस २९, २०८१

 

खोटाङ, २९ पुसः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनसँगै कला, साहित्य र मौलिक संस्कार/संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला सङ्ग्रहालय स्थापना गरेको हो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उक्त कला सङ्ग्रहालयको औपचारिक उद्घाटन गर्नुभयो । सङ्ग्रहालय उद्घाटन गर्दै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार÷संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो ।

 

नगरपालिकाले विसं २०८० असोज १७ गतेदेखि २० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ८२ वटा चित्रलाई सङ्कलन गरी कला सङ्ग्रहालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

 

चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई थप प्रवर्द्धन गर्न सबैको सहयोग आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा