शिक्षा

संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग


erastriya सोमबार, पुस २९, २०८१

 

 

सो अवसरमा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख डा महेश आचार्य, संस्कृतिविद् भीम नेपाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अधिकांशले पाठ्यक्रम विकास केन्द्रमा संस्कृति हेर्ने छुट्टै एकाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए । काठमाडौँ, २९ पुसः विद्यालय तहदेखिकै शैक्षिक पाठ्यक्रममा संस्कृति र सम्पदाका विषयवस्तुलाई समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संस्कृति महाशाखाले आज मन्त्रालयमा आयोजना गरेको संस्कृति र सम्पदालाई पाठ्यक्रममा समावेश गराउनेसम्बन्धी अन्तरक्रियाका सहभागीले संस्कृति र सम्पदालाई सामाजिक शिक्षाअन्तर्गतको विषयमा मात्र समावेश गरिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

 

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले आधारभूत तहदेखि उच्च शिक्षासम्म संस्कृति र सम्पदाका पाठ्यक्रम निर्माण गरेर लागू गर्नुपर्ने बताउनुभयो । संस्कृतिका पाठ्यक्रमलाई स्थायीरुपमा समन्वय गर्ने संयन्त्र बनाउनुपर्ने बताउँदै सचिव पाण्डेयले सैद्धान्तिक र व्यावहारिक पक्ष ठूला कक्षाका पाठ्यक्रममा समावेश गरिनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा संस्कृति महाशाखा प्रमुख एवं मन्त्रालयका सहसचिव डा सुरेशसुरस श्रेष्ठले संस्कृति र सम्पदालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने कारणका बारेमा प्रस्तुति गर्नुभएको थियो । यसैगरी पाठ्यक्रम विकास केन्द्रका वासुदेव वस्तीले कस्ता सामग्री पाठ्यक्रममा समावेश गर्ने भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

२२ घण्टा अघि

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…