समाचार

देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बतानुभएको छ । साथै उहाँले पिएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिनुभयो ।

साबिक नेपाल टेलिभिजनमा आज भएको पिएसबीको पूर्वारम्भ कार्यक्रममा उहाँले पिएसबी सबै वर्ग, क्षेत्र, भषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गर्नुभयो । विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभू गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले विकट ग्रामीण भेगका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो । लोकतन्त्रको विगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पिएसबी प्रारुपमा आइपुग्दा यसको कार्यशैली समयानुकुल परिमार्जन गर्नुपर्छ भन्नुभयो ।

पिएसबीले सुशासनका लागि सरकारलाई झक्झक्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उहाँले सुझाउनुभयो ।

“अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ”, सरकारका प्रवक्ता गुरुङले भन्नुभयो,“अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ ।” उहाँले जनतालाई सहि सूचता दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा