मनोरञ्जन

पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी


erastriya मंगलबार, माघ ०१, २०८१

 

गण्डकी, १ माघः पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि मञ्चन सुरु हुने नाटकको पूर्वाभ्यास पोखराको नदीपुरस्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ ।

 

नाटकको प्रदर्शन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो । इन्द्रेणीको छैटौँ प्रस्तुतिका रूपमा निर्माण हुन लागेको नाटकको लेखन केदारनाथ पौडेलले गर्नुभएको छ । नाटकमा पोखराबाट काठमाडौँ जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको जनाइएको छ ।

एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जीविकोपार्जन गरिरहेको छ र त्योभित्र कस्ता समस्या छन् भन्नेबारे नाटकमा चित्रण गर्न खोजिएको लेखक पौडेलले जानकारी दिनुभयो । पोखराबाट काठमाडौँ जाने क्रममा देखिएका दृष्यलाई मञ्चमा उतार्न लागिएको उहाँले बताउनुभयो । “सबै मानिस बस चढेर गन्तव्यमा जाने गरे पनि यसरी गन्तव्यमा पु¥याउने बस र कामदारले भोग्ने समस्याबारे यात्रुले खासै ध्यान दिँदैनन् । त्यही कुरा नाटकमार्फत बाहिर ल्याउन लागिएको छ”, पौडेलले भन्नुभयो ।

यसमा कथा शैलीमा फरक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदर आतङ्कलाईसमेत जोडिएकाले दर्शकलाई मनोरञ्जन मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारीलगायत कलाकारको अभिनय हेर्न पाइनेछ । नाटकलाई सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयास भइरहेको निर्देशक लक्ष्मण डुम्रेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

माघ २७, २०८१

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

माघ १४, २०८१

‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

माघ ११, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस