अन्तर्राष्ट्रिय

गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी


erastriya बुधबार, माघ ०२, २०८१

 

वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर गर्न बुधबार अन्तिम प्रयास गरिरहेको बबताएका छन् ।

 

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविरामका लागि मध्यस्थता गर्ने र सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूलाई रिहा गर्ने प्रयासलाई तीव्रता दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका इजिप्टका समकक्षी अब्देल फतह अल–सिसीले मङ्गलबार टेलिफोन वार्तामा इजरायल र हमास दुवैले सम्झौताका लागि लचकता देखाउनुपर्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौताबारे छलफल गर्न मङ्गलबार अबेर राति उच्च सुरक्षा अधिकारीसँग बैठक गर्नुभएको थियो भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘बल अब हमासको कोर्टमा रहेको’ बताउनुभएको थियो । ब्लिन्केनले भन्नुभयो, “यदि हमासले स्वीकार गर्‍यो भने यो सम्झौताले पूर्णता पाउनेछ र कार्यान्वयनको चरणमा जानेछ ।”

वार्ताबारे जानकार एक इजरायली स्रोतका अनुसार बुधबार दोहामा वार्ता जारी छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले वार्ता अन्तिम चरणमा पुगेको र मध्यस्थकर्ताले चाँडै नै सहमतिमा पु¥याउने विश्वास व्यक्त गर्नुहुनेछ । इजरायलका विदेशमन्त्री गिदोन सारले भन्नुभयो, “हाम्रो तर्फबाट सम्झौताका लागि साँचो इच्छा शक्ति छ ।” गाजामा अहिलेसम्मकै सबैभन्दा घातक युद्ध अन्त्य गर्ने महिनौंको असफल प्रयासपछि पछिल्लो प्रगति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा केही दिनअघि आएको हो । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो । त्यस दिन लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९४ जना अझै गाजामा रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।

गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ४६ हजार ६४५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ । इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने बताउनुभएको छ भने हमासनिकट दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलले बदलामा करिब एक हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ । ’

सयौँको सङ्ख्यामा इजरायल ठूलो मूल्य चुकाउन तयार छ,” मेन्सरले भन्नुभयो। हमासनिकट स्रोतका अनुसार सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई समूहमा रिहा गर्ने उल्लेख छ। युद्धविरामको १६ औं दिनमा दोस्रो चरणका लागि वार्ता सुरु हुने इजरायली अधिकारीले बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार दोस्रो चरणमा ‘पुरुष सैनिक, सैन्य उमेरका पुरुष र मारिएका बन्धकहरूको शव’ सहित बाँकी कैदीहरूको रिहाई हुनेछ। प्रस्तावित सम्झौताअनुसार इजरायलले पहिलो चरणमा गाजाभित्र सुरक्षित क्षेत्र कायम गर्नेछ ।

हमासले ‘स्पष्ट र विस्तृत सम्झौता’को आशा गरेको बताउँदै अन्य प्यालेस्टिनी पक्षलाई पनि ‘प्रगति’ बारे जानकारी गराएको जनाएको छ । प्यालेस्टनी इस्लामिक जिहादका एक अधिकारीका अनुसार गाजामा हमाससँग मिलेर लडेका लडाकूहरूको एक प्रतिनिधिमण्डल वार्तामा सहभागी हुन बुधबार कतार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा