अन्तर्राष्ट्रिय

इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या


erastriya शनिबार, माघ ०५, २०८१

तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।

“सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटना लगत्तै आत्महत्या गरेको जनाइएको छ । 

सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ भने उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतङ्कवादविरुद्धको अपराध सम्बन्धी’ मुद्दाहरू हेर्न गरेको पनि बताएको छ । 

उनीहरुको हत्याको कारण तत्काल स्पष्ट नभए पनि मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ । मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन्।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो। उक्त समयमा आरोपहरूमा प्रमाणहरूको अभाव रहेको भन्दै इरानले आरोपका खण्डन गरेको थियो । 

मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्वपूर्ण पदहरु सम्हालिसक्नुभएको थियो र यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उहाँको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए । 

न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ।गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो ।

सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैङ्कमा गोली हानी हत्या गरिएको थियो।सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए। उहाँको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा