समाचार

विदेश छाडेर गाउँमै कृषि पेसमा जोडिँदै युवा


erastriya आइतबार, माघ ०६, २०८१

 

भोजपुर, ६ माघः यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

 

यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

 

विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आउनुभएको छ । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । “विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

 

स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताउनुभयो ।

 

जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् ।

 

पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको छ । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ÷दश लाखको कारोबार हुन्छ ।”

 

बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताउनुभयो । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

 

स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिनुभयो ।

 

विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहनुभएका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो । “व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक रु चार-पाँच लाख कमाउन समस्या छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

४ घण्टा अघि

चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना
चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

४ घण्टा अघि

हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन
हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

१ दिन अघि

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

असार १७, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?