समाचार

चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन


erastriya सोमबार, माघ ०७, २०८१

 

चितवन, ७ माघः यहाँस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार आठ सय ८१ पुगेको छ ।

गत असार २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला गत पुस मसान्तसम्ममा एक सय ३८ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा खुल्ला गरिएको बङ्गला अवलोकन गर्न आएकाहरुबाट रु ३८ लाख ३७ हजार नौ सय ५० राजस्व सङ्कलन भएको महानगरपालिकाको पर्यटन शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यसैगरी, छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकहरुका लागि रु एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु दुई सय र अन्य मुलुकका पर्यटकका लागि रु तीन सय शुल्क तय गरिएको छ । दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दियालो बङ्गला चितवनको एउटा पर्यटकीय गन्तव्यका रुपमा थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकामबाट नजिक रहेको यस क्षेत्र लामो समय पछि सर्वसाधारणका लागि खुल्ला हुँदा एउटा गन्तव्यका रुपमा थपिएको छ ।” उक्त बङ्गला भरतपुर महानगरपालिका–१ मा छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । सङ्कलित राजस्व रकमको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो ।

राजतन्त्रका बेला जाडो महिनामा राजपरिवारले यही दरबारमा समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ ।

भ¥याङमा विसं २०२६ मा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन्

। १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ ।

त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन ।

प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन
हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

१ दिन अघि

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

असार १७, २०८२

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

असार १७, २०८२

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

ताजा अपडेट

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…