अन्तर्राष्ट्रिय

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार: चिनियाँ उपराष्ट्रपति


erastriya सोमबार, माघ ०७, २०८१

 

चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव पूतिवद्ध रहेको जनाउनुभएको छ ।

 

चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताउनुभएको हो । उहाँले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताउनुभयो ।

 

अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पग्नुभएको छ । भान्ससँगको भेटमा हानले सर्वप्रथम ट्रम्पलाई सीको शुभकामना सुनाउनुभएको थियो भने र भान्सलाई अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको थियो ।

 

हानले भन्नुभयो, “जबसम्म दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हितका लागि सहकार्यको सिद्धान्तलाई कायम राख्छन्, तबसम्म उनीहरूले एकअर्काको प्रगतिमा योगदान पुर्याउनेछन्, दुई देशलाई फाइदा पु¥याउनेछन् र विश्व शान्ति र विकासमा महत्वपूर्ण योगदान दिनेछन् ।” उहाँले आर्थिक र व्यापारिक सम्बन्ध दुवै पक्षका साझा चासोका महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

 

चीन र संयुक्त राज्य अमेरिकाबीच मतभेद र तनावका बावजुद, उनीहरूले व्यापक साझा हित र स्थानका लागि काम गरेका छन् र दुवै पक्षले यस सम्बन्धमा संवाद र परामर्शलाई बलियो बनाउन सहकार्य गर्ने हानले उपराष्ट्रपति भान्ससँगको भेतवार्तामा बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…