समाचार

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन


erastriya मंगलबार, माघ ०८, २०८१

 

गलकोट (बागलुङ), ८ माघः बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बागलुङको स्थानीय उत्पादनले बजार पाउन थालेको छ ।

उनीहरूले कोसेलीका रुपमा बागलुङमा उत्पादन भएको भांगोदेखि गुन्द्रुकसम्म लैजान थालेका छन् । बागलुङका कुनाकाप्चामा उत्पादन भएको जैविक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घले सघाउन थालेपछि आगन्तुकको कोसेलीका रुपमा स्थानीय उत्पादन पर्न थालेको छ । गुन्द्रुक, भांगो, भटमास, मह तथा नेपाली हातेकागज, ऊनबाट बन्ने कपडा, अल्लोबाट उत्पादन भएका लत्ताकपडा, ढाकाका कपडा, बाँसको काइयो, ठेकीलगायत सामग्रीलाई आगन्तुकले कोसेलीका रुपमा लान थालेका छन् ।

तीन महिनादेखि उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको कोसेली घरका सामग्री स्थानीयभन्दा आगन्तुकको रोजाइमा पर्न थालेको पाइएको छ । स्थानीय उत्पादनलाई बागलुङको पहिचानसँग जोडेर बजारीकरण गर्दा गाउँका सामग्रीले समेत मूल्य पाउने र बागलुङ घुम्न आएका पाहुनालाई कोसेली बन्ने गरेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनको खरिद गरी ‘ब्रान्डिङ’ उद्योग वाणिज्य सङ्घले गर्न थालेपछि आगन्तुकको रोजाइमा पर्न थालेको हो । रु २० लाख लागतमा कार्यालय परिसरमै सञ्चालन गरेको कोसेली घरमा भ्रमणमा आउने पाहुनाले केही न केही स्थानीय उत्पादन खरिद गरेर लैजाने कँडेलको भनाइ छ । उद्यमीहरूबाट उत्पादित कृषिजन्य जैविक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरू बिक्री भइरहेका छन् ।

“बागलुङलाई अध्ययन तथा अवलोकन भ्रमणको गन्तव्यका रुपमा लिइन थालिएको छ, दैनिकजसो कोसेलीघरमा आगन्तुकले रोचक मानेर अवलोकन गर्ने र आफूलाई मन परेको जैविक कृषि उपज तथा सजावटका हस्तकला खरिद गरेर लैजान्छन्”, कँडेलले भन्नुभयो, “गुन्द्रकु, भांगो, टिमुर यहाँको ब्रान्ड हो, उत्पादन गर्न सके बजारीकरण उद्योग वाणिज्य सङ्घले गर्छ भनेपछि किसान उत्साहित भएका छन्, बागलुङमा उत्पादन भएको कृषि उपज तथा हस्तकला आगन्तुकको कोसेलीका रुपमा बिक्री भइरहेको छ ।”

कोसेली घरमा गुन्द्रकदेखि काठको ठेकीसम्म, सांस्कृतिक र पर्यटकीयस्थलको फोटोदेखि गुन्द्रीसम्म पाइने भएपछि आगन्तुकको रोजाइमा कोसेलीघर परेको छ । उहाँले भन्नुभयो, “मासिक रु एक लाखसम्मको स्थानीय उत्पादन बिक्री गर्ने हाम्रो लक्ष्य छ, कोसेलीघरले गाउँका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरको छ ।” कोसेलीघरलाई दिगो बनाउन रु चार लाखको कोषसमेत स्थापना गरिएको छ । कोसेलीघरमा रहेको माने ठेकी र सिन्की खरिद गरेको चितवनबाट बागलुङको कालिका मन्दिर दर्शन गर्न आउनुभएका पर्यटक शान्ताराम रानाले बताउनुभयो ।

उहाँले कोसेलीघर अवलोकन गर्दा स्थानीय उत्पादन र सजावटका मौलिक सामग्री देख्न पाइएको बताउनुभयो । “चितवनबाट आएकाले भांगो, गुन्द्रुक र भटमास नौलो लाग्न सक्छ, हाम्रो जीवनमा आवश्यक खाद्यान्न र सजावटका सामग्री रहेछन्”, रानाले भन्नुभयो, “किसानको उत्पादन बिक्री हुने र आगन्तुकको कोसेली बन्नेछ, उद्योग वाणिज्य सङ्घको सक्रियता पनि बढ्ने छ ।”

बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालय लगायतका कारण पछिल्लो समय बागलुङ अध्ययन अवलोकन भ्रमणको गन्तव्य बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा