अन्तर्राष्ट्रिय

कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प


erastriya मंगलबार, माघ ०८, २०८१

 

आप्रवासनदेखि वातावरण र सांस्कृतिक युद्धसम्म सबै विषयमा आफ्नो शपथग्रहणको केही घण्टापछि हस्ताक्षर गरिएको कार्यकारी आदेशको लहरमा सवार भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो कार्यकालको पहिलो पूर्ण दिन सुरु गर्नुभएको छ ।

 

आफ्नो शपथग्रहण समारोहको धुमधाम र कार्यकारी आदेशहरूको आश्चर्यजनक शृङ्खलापछि राष्ट्रपतिको मङ्गलबार एक गम्भीर कार्यक्रमबाट सुरु हुँदैछ ः राष्ट्रिय गिर्जाघरमा प्रार्थना सेवा ।

अठहत्तर वर्षीय ट्रम्पले अन्तिम पटक जनवरीको सुरुमा दिवङ्गत राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा अमेरिकी राजधानीको नियो–गोथिक चर्चको भ्रमण गर्नुभएको थियो । पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने प्रक्रिया सुरु गर्ने सहित सोमबार गरेका कार्यहरूको वर्षा देश र विश्वले पचाइरहेको बेला ट्रम्पबाट थप कार्यकारी आदेशहरू आउने वा नआउने अस्पष्ट थियो ।

एक एरिनामा गर्जिरहेका समर्थकहरूको सामु र त्यसपछि ओभल कार्यालयमा हस्ताक्षर गरिएको नीतिगत परिवर्तनहरूको लामो सूचीले आठ वर्षअघिको तुलनामा ट्रम्पको बढेको तयारीको स्पष्ट प्रतीक प्रस्तुत ग¥यो । आठ वर्षअघि उहाँ शून्य शासन अनुभवका साथ ह्वाइट हाउस प्रवेश गर्नुभएको थियो । चिसो मौसमका कारण भित्र आयोजित समारोहमा क्यापिटलमा शपथ लिएपछिको भाषणमा रिपब्लिकन राष्ट्रपति ट्रम्पले डेमोक्रेट जो बाइडेनको चार वर्षे राष्ट्रपति कार्यकालपछि ‘अमेरिकाको पतन समाप्त भएको छ’ भन्नुभयो । उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, “अमेरिकाको स्वर्णिम युग अहिलेबाट सुरु हुन्छ ।” बयासी वर्षीय बाइडेनले शपथग्रहण समारोहमा आफ्नो एकल कार्यकालको अन्त्येष्टि पाठ पढिरहेका आफ्नो राजनीतिक शत्रुलाई कठोर मुद्रामा हेर्नुभयो ।

तर धुमधाम र समारोहपछि कहिलेकाहीँ बलियो नेता शैलीको वाक्यांशका साथ दिनको पछिल्लो समयमा देखिनुभएको थियो पहिलो कार्यकालका शोम्यान ट्रम्प । “के तपाईं बाइडेनले यस्तो गरेको कल्पना गर्न सक्नुहुन्छ ? मलाई लाग्दैन”, ट्रम्पले वासिङ्टनको एक खेलकुद एरिनामा हर्षित भीडलाई पहिलो चरणका आदेशहरूमा हस्ताक्षर गर्न प्रयोग गरेका कलमहरू फ्याँक्दै भन्नुभयो

। – जनवरी ६ का माफीहरू – ओभल कार्यालयमा फर्केर उहाँले थप आदेशहरूमा हस्ताक्षर गर्दै एक अनौपचारिक ५० मिनेटको पत्रकार सम्मेलन गर्नुभयो । कार्यकारी आदेशमा करिब एक हजार पाँच सय क्यापिटल दङ्गाकारीहरूलाई माफी दिने एक आदेश समावेश थियो । उनीहरूलाई सन् २०२१ जनवरी ६ मा बाइडेनको चुनावी विजय प्रमाणीकरण रोक्न खोज्ने हजारौँ ट्रम्प समर्थकहरूद्वारा कांग्रेसमाथि गरिएको आक्रमणमा भाग लिएको आरोपमा मुद्दा चलाइएको थियो । “उनीहरू आज राति खुलेर बाहिर आउनेछन् भन्ने हामीलाई आशा छ”, ट्रम्पले भन्नुभयो, “उनीहरूले यसको अपेक्षा गरिरहेका छन् ।” उहाँले मेक्सिको सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभयो र कमला ह्यारिसमाथिको आफ्नो चुनावी विजय हासिल गराउने प्रमुख चुनावी मुद्दा गैरकानूनी आप्रवासनको सामना गर्न अमेरिकी सेना तैनाथ गर्ने बताउनुभयो

। राष्ट्रपतिमा पुनरागमन गर्नुभएका उहाँले प्रायः राष्ट्रवादी स्वरमा व्यापार शुल्क लगाउने, मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने र सन् १९९९ देखि मध्य अमेरिकी देशको नियन्त्रणमा रहेको पनामा नहरलाई ‘फिर्ता’ प्रतिज्ञा गर्नुभयो । तर उहाँले पद सम्हाल्नु अघि युक्रेनमा शान्ति सम्झौता गर्ने आफ्ना पूर्व प्रतिज्ञाहरूलाई कम महत्त्व दिनुभयो । उहाँले भ्लादिमिर पुटिनलाई भेट्ने पुष्टि गर्नुभयो र पुटिनले युद्ध अन्त्य गर्न सम्झौता नगरी ‘रुसलाई नष्ट’ गरिरहेको बताउनुभयो । अमेरिकी सेवा सदस्यहरूसँग ‘कमान्डर–इन–चिफ’ कार्यक्रमबाट सुरु गर्दै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पछि धेरै उद्घाटन नृत्यहरूमा भाग लिनुभयो । “राजनीतिक एजेन्डाको बारेमा चिन्ता गर्नुको सट्टा तपाईंले यसको बारेमा चिन्ता गर्नुपर्दैन”, ट्रम्पले संक्षिप्त भाषणमा भीडलाई भन्नुभयो, “यो केवल अमेरिकाका शत्रुहरूलाई पराजित गर्ने एउटा ध्यान हो ।

हामी पराजित हुनेछैनौँ । हामी अपमानित हुनेछैनौँ । हामी केवल जित्नेछौँ, जित्नेछौँ, जित्नेछौँ !” पहिलो पटक राष्ट्रपति पदको दौडमा पोर्न स्टारलाई पैसा दिएको अभियोगमा दोषी ठहरिएपछि ट्रम्पले पदभार ग्रहण गर्ने सबैभन्दा पुरानो राष्ट्रपति र पहिलो अपराधी दुवैका रूपमा इतिहास रच्नुभएको छ । उहाँ सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि सत्तामा फर्कने अमेरिकी इतिहासमा दोस्रो राष्ट्रपति पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा