समाचार

विपन्न परिवारको आवासका लागि ८० घर निर्माण


erastriya बुधबार, माघ ०९, २०८१

 

उदयपुर, ९ माघः त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।

 

त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

 

नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करीब एक भवन बराबर रु पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताउनुभयो ।

 

नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिजसँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ ।

 

नगपालिकाभित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा