समाचार

महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै


erastriya बुधबार, माघ ०९, २०८१

 

मुग्लिन (चितवन), ९ माघः चितवनको नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गत पुस २५ गतेदेखि उद्योग वाणिज्य सङ्घको आयोजनामा १५औँ संस्करणको चितवन महोत्सव जारी छ । यहाँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी व्यापारिक कक्ष(स्टल) रहेका छन् ।

 

त्यसमध्येको एक स्टल हिमालयन चियाको छ । उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुःशल्क रुपमा महोत्सव घुम्न आएकालाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भीड नै लाग्ने गरेको छ ।

 

नेपाली चियाको प्रवर्द्धन एवं युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवनमार्फत हिमालयन चियालाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थाेडक्स चिया र उच्च गुणस्तरको सिटीसी चिया चखाइराखिएको बताउनुभयो । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उहाँले बताउनुभयो । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

 

नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक रु आठ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ ।

 

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुस २५ बाट सुरु भएको थियो भने यही माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा