समाचार

नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छ : संयोजक घिमिरे


erastriya बिहीबार, माघ १०, २०८१

 

काठमाडौँ, १० माघ :अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी, सीप र ज्ञान स्वदेश भित्र्याउने । तर, यो सपना यथार्थमा परिणत गर्न कम चुनौती छैन । किनकि निकै पेचिलो बनिरहेको नागरिकताको विषयले घिमिरेलाई चिन्तित तुल्याएको छ ।

 

नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुभएका गैरआवासीय नेपाली नागरिक घिमिरेलाई यहाँ बस्ने स्थायी भिसा छैन, त्यसैले उहाँ नेपाल–अमेरिका आउजाउ गरिरहनुहुन्छ । नेपाली नागरिकको हैसियत पाए आफू जस्ता धेरै नेपालीले यहाँ लगानीको बहार ल्याउने उहाँको दाबी छ । वंशजको नेपाली नागरिकताको निरन्तरता हुन सके वासुजस्ता लाखौँ नेपाली स्वदेश फर्किएर आफूसँगै पुँजी र सीप लिएर आउने घिमिरेको जिकिर छ ।

 

विदेशमा जुनसुकै पेसा–व्यवसाय गरेको भए पनि ६० वर्ष उमेरहद नाघेपछि उसले राज्यबाट ‘पेन्सन’ पाउने व्यवस्था हुन्छ । यदि विदेशिएका नेपालीहरुको वंशजका नागरिकताले निरन्तरता पाउने हो भने उनीहरुसँगै सीप, ज्ञान र अर्बौं रुपैयाँ नेपाल भित्रने ‘नागरिकता खोइ ?’ अभियानका संयोजक वासु घिमिरे बताउनुहुन्छ । यसरी वंशजको नागरिकता दिँदा राज्यलाई कुनै घाटा नहुने उहाँको तर्क छ ।

 

“एनआरएन नागरिकताले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी भित्र्याउन सकेन । त्यसैले वंशजको नागरिकताको आवश्यकता महसुस भएको हो”, संयोजक घिमिरेले भन्नुभयो, “अब विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई नेपालमा लगानी बढाउनुपर्छ भनेर पाँच महिनादेखि पैरवी गरिरहेका छौँ ।”

 

वंशजका आधारमा एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता भएको खण्डमा विश्वभरिबाट पाँच लाख नेपाली भित्रिने र यसबाट अर्बौं रुपैयाँ नेपाल भित्रिने उहाँको दाबी छ । यो अभियानबारे नेपालका प्रमुख राजनीतिक दलहरुसँग पनि ‘लबिङ’ गरिएको संयोजक घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा