समाचार

दुई करोडमा २९ लाख बन्यो प्रहरीचौकी भवन


erastriya बिहीबार, माघ १०, २०८१

 

मुग्लिन (चितवन), १० माघः रत्ननगर नगरपालिका– ६ मा रु दुई करोड २९ लाख ४३ हजर पाँच सय १८ को लागतमा प्रहरीचौकी भवन निर्माण भएको छ ।

 

नवनिर्मित तीनतले भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

 

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले पर्यटकीय गन्तव्य चितवनको राष्ट्रिय निकुञ्जसँग जोडिएको रत्ननगर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ नम्बर वडाको शान्ति सुरक्षा हेर्ने गरी स्थापना गरिएको प्रहरीचौकीबाट स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलगायत उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१ दिन अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट
अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

असार ०९, २०८२

रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई ३ लाख सहयोग
रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई ३ लाख सहयोग

असार ०७, २०८२

ताजा अपडेट

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…