समाचार

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान


erastriya बिहीबार, माघ १७, २०८१

 

बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बिहीबार बताएको छ ।

 

ओलिभ रिडले समुद्री कछुवा तुलनात्मक रूपमा सानो र प्रचुर प्रजाति हो । यो विश्वभरको उष्णकटिबन्धीय पानीमा पाइन्छ र जङ्गलमा ५० वर्षसम्म बाँच्न सक्छ ।

 

तर तिनीहरूको सङ्ख्या घट्दै गएको छ र यस महिनाको सुरुमा नजिकैको दक्षिण भारतमा समेत यिनीहरूको सामूहिक मृत्यु भएको थियो ।

तटमा फेला परेका कछुवामध्ये ८० प्रतिशतभन्दा बढी फुल पार्न किनारमा आएका बङ्गलादेश समुद्रशास्त्र अनुसन्धान संस्थानका मोहम्मद शिमुल भुइयाँले बताउनुभयो ।

“हामीलाई कारण निर्धारण गर्न थप समय चाहिन्छ”, उहाँले भन्नुभयो । मलेसियास्थित समुद्री अनुसन्धान संस्था वल्र्डफिसका वैज्ञानिक सरिफ उद्दिनले यसको सम्भावित कारण अत्यधिक माछा मार्ने र समुद्र सफा गर्ने ट्रलर जालको प्रयोग भएको बताउनुभयो । “कछुवाहरू सास फेर्न पानीमा तैरन्छन् तर एकचोटि तिनीहरू माछा मार्ने जालमा फसेपछि तिनीहरू धेरै लामो समयसम्म पानीमुनि रहन्छन् र दम फुट्छ”, उहाँले भन्नुभयो, “यो दुःखद छ कि तिनीहरू यहाँ प्रजनन गर्न आउँछन् र मर्छन् ।”

बङ्गलादेश मरिन फिसरिज एसोसिएसनका आबिद हुसेनले कछुवाको जनसङ्ख्यामा आएको अवरोधले स्थानीय समुद्री पारिस्थितिकी प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहेको बताउनुभयो । “गत वर्ष समुद्री पानीमा जेलिफिसको वृद्धिका कारण समुद्री माछाको उत्पादन आधा भएको थियो”, उहाँले भन्नुभयो, “कछुवाहरूले जेलिफिस खान्छन्, जसले माछाका लार्भाहरूलाई बाँच्न मद्दत गर्छ ।

यदि हामी हाम्रो माछाको भण्डार टिकाउन चाहन्छौँ भने हामीले कछुवाहरूलाई बचाउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१ दिन अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

१ दिन अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…