समाचार

‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’


erastriya बिहीबार, माघ १७, २०८१

 

काठमाडौँ, १७ माघः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

 

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज यहाँ आयोजना गरेको सातौँ दीक्षान्त समारोहमा उहाँले पेसागत धर्म पालना तथा लेखा व्यवसायका सम्बन्धमा सामाजिक मान्यता र विश्वास अभिवृद्धि गर्न चार्टर्ड एकाउन्टेन्ट लाग्नुपर्ने बताउनुभयो ।

“विकासका लागि सुशासन महत्वपूर्ण छ, दीक्षित विद्यार्थीले पेसाप्रति निष्ठावान् रही मुलुकको विकासमा सघाउन प्रतिबद्धता गर्नुपर्छ”, उपकुलपति बरालले भन्नुभयो, “सीमित स्रोतसाधनको सही उपयोग र परिचालन गर्न लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।”

संस्थाका अध्यक्ष प्रवीनकुमार झाले इमान्दार र आचारसंहिताको पूर्णपालना गरेर काम गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो । सो अवसरमा उपकुलपति बरालले दीक्षित चार्टर्ड एकाउन्टेन्टलाई शपथ ग्रहण गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१ दिन अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

असार १७, २०८२

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…