धर्म/संस्कृति

धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन


erastriya बिहीबार, फागुन १५, २०८१

म्याग्दी, १५ फागुनः जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । 

 गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

 कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो । उहाँका अनुसार गत आव २०८०/८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिनुभयो । 

 बुधबारको महाशिवरात्रि पर्वमा रु चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा रु छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा रु १५ लाख ११ हजार पाँच सय ३८ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिनुभयो ।  

 शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा रु २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म रु ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । 

 मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताउनुभयो ।

 नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । 

 उहाँका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । 

 कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

 हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने धार्मिक विश्वास रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आजको राशिफल: २०८२ जेठ १९ गते साेमबार
आजको राशिफल: २०८२ जेठ १९ गते साेमबार

जेठ २०, २०८२

आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार
आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

जेठ १८, २०८२

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु
‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

फागुन २२, २०८१

देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

माघ १३, २०८१

ताजा अपडेट

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…

  • मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किमी लामो हुने

    मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किम…

  • ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

    ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि…

  • माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

    माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्…

  • सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना

    सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिए…

  • संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म चलिरहेछ निरन्तर

    संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म च…

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…